Posted by: Switu December 13, 2010
भाडामा कोख
Login in to Rate this Post:     0       ?        
तीन वर्षकी पिंकी -नाम परविर्तन)को कानुनी हैसियतबारे झन्डै डेढ वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनका बाबु उज्ज्वलशमशेर राणा र आमा साम्भवीबीच पिंकीलाई अंश दिने कि नदिने भन्ने प्रश्नमा अदालत पनि रनभुल्लमा परेको छ। नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतमा आएकाले यो मुद्दा बढी जटिल त छँदैछ, त्यसमाथि यसबारे समाज पनि खासै जानकार छैन।

जटिलता जोडिएको छ, पिंकीको जन्मसँग। उनको जन्म आमनेपाली बालबालिकाभन्दा फरक ढंगले भएको हो। आधुनिक प्रविधिको प्रयोगबाट जन्मिएकी उनी 'टेस्ट ट्युब बेबी' पनि होइनन्, बरु त्यसभन्दा पनि फरक प्रविधिको हात छ उनको जन्मका पछाडि। हो, पिंकी 'सरोगेसी' अर्थात् भाडामा लिइएको गर्भबाट जन्मिएकी हुन्।

उज्ज्वलका दाबीम्ाा निःसन्तान उनी र उनकी पत्नी साम्भवीको मञ्जुरीमा सपना नगरकोटी

-नाम परविर्तन)को कोखबाट जन्मेकी हुन्, पिंकी। अर्थात्, सपना पिंकीकी सट्टाआमा -सरोगेट मदर) हुन्। तर, साम्भवी पिंकीलाई आफ्नो सन्तानका रूपमा स्वीकार गररिहेकी छैनन्। साम्भवीले पिंकीलाई 'सरोगेसी'बाट जन्माउन आफूले सहमति नदिएको भन्दै उज्ज्वलसँग सम्बन्धविच्छेदको माग गरेकी छन्। उनले आफू सन्तान जन्माउन सक्षम रहेको पनि दाबी गर्दै अदालतमा उनले कुल सम्पत्तिको आधा अंश आफूले पाउनुपर्ने जिकिर गरेकी छन्। उज्ज्वल भने पिंकीको समेत अंश छुट्याएर साम्भवीले तीनमध्ये एक हिस्सा पाउनुपर्ने दाबीमा छन्।

चार वर्षअघि उज्ज्वल र सपनाबीच सम्झौता भयो। सम्झौता अनुसार, प्रविधिको माध्यमबाट उज्ज्वलको शुक्रकीट सपनाको गर्भाशयमा पठाएर पिंकीलाई जन्माइयो। उज्ज्वलका अनुसार, यसमा उनकी पत्नी साम्भवीको सहमति थियो तर साम्भवी भने यस्तो दाबीलाई सोझै नकाररिहेकी छन् र उज्ज्वलसँग सम्बन्धविच्छेद गर्न चाहन्छिन्। सबैका आँखा अदालततिर छन्, पिंकीको भावी हैसियत के हुने भन्नेबारे।

उज्ज्वल र सपनाबीचको समझदारी अनुसार, गर्भाधानदेखि बच्चा जन्मँदासम्मको सम्पूर्ण खर्च उज्ज्वलले बेहोरेका हुन्। उनीहरूबीचको १५ बुँदे समझदारीपत्र काठमाडौँ महानगरपालिका वडा नं १ मा समेत दर्ता छ। समझदारीपत्रमा बच्चा जन्मेको एक वर्षसम्म सट्टाआमा -सपना) को खाने, बस्ने खर्चबापत मासिक बीस हजार र औषधी उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने उल्लेख छ -हेर्नूस्, समझदारीपत्र)।

जिल्ला अदालतले ११ कात्तिकमा प्रतिवादी उज्ज्वललाई कहाँको कुन अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको हो, १५ दिनभित्र प्रमाण उपलब्ध गराउन भनेको छ। अस्पतालका सबै कागजपत्र अहिले विदेशमा रहेकी सपनासँग रहेको भन्दै उज्ज्वलले प्रमाण उपलब्ध गराउन थप १५ दिनको समय मागेका छन्। उनले अदालतमा आफूले भारतको कुनै अस्पतालमा शुक्रकीट प्रत्यारोपण गरएिको बताएका छन्, अस्पतालको नाम खुलाएका छैनन्। यो प्रकरणले अदालतका अगाडि यस्तो नयाँ प्रजनन विधिलाई कुन दृष्टिले हेर्ने भन्ने प्रश्न तेस्र्याइदिएको
Read Full Discussion Thread for this article