Posted by: rajan101 December 12, 2010
Former Crown Prince Paras Shah opens fire at Sujata Koirala's son-in-law
Login in to Rate this Post:     0       ?        
Paras is the man ! bravo !!
काठमाडौँ, मंसिर २६ (नागरिक)- पूर्व युवराज पारस शाहले
चितवनको टाइगर टप्समा आफूले फायर गरेको सकारेका छन्। सोमबार बिहान सवा १ बजे
नागरिकलाई प्राप्त शाहको विज्ञप्ति जस्ताको तस्तै-

म मेरो परिवारका
सदस्यहरुसँग आफ्ना धादिङ एवं सर्लाहीको कार्यक्रम सकी चितवनस्थित टाइगर टप्समा रात
विताउने क्रममा सो रिसोर्टको रेष्टुरेन्टमा रात्री खाना खाइरहेको समयमा केही अन्य
आगन्तुक पनि सोही स्थानमा बसिरहेको बखत एक जना बंगलादेशी नागरिक र अन्य एक भारतीय
नागरिक मसँग आई कुराकानी गर्न थाले । र, मैले निभाएको पुरानो भूमिका र मैले
प्रतिनिधित्व गरेको संस्थाको बारेमा अनर्गल एवं उत्तेजनात्मक टिप्पणी सुरु गरे । सो
भलाकुसारीलाई आफ्नो क्षमताले भ्याएसम्म मैले शान्त गर्ने प्रयास गर्दागर्दै पनि
उनीहरुको उत्तेजना रोकिएन । यही क्रममा उनीहरुसँग आएका अन्यहरुले समेत सो बंगलादेशी
र भारतीय नागरिकलाई शान्त गर्ने प्रयास गरे पनि उनीहरु अझ उत्तेजित भई म र मेरो
परिवार एवं नेपालप्रति अति नै घृणित शब्दहरु प्रयोग गरी पेश आएपछि म सो
रेष्टुरेन्टबाट बाहिर निस्की धेरैबेर एक्लै बसिरहे । सो कुराकानीबाट म बाहिर
निस्किएको करिव आधा घन्टापछि मेरो परिवारलगायत रेष्टुरेन्टमा रहेका अन्य सम्पूर्ण
आगन्तुकहरु गइसकेको अवस्थामा आफ्नो र देशको अपमान सहन नसकी क्रोधमा आफूसँग रहेको
पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको हुँ तर सो हवाई फायर कुनै पनि व्यक्ति र
टाइगर टप्सको भौतिक संरचनाप्रति लक्षित नभएको यथार्थ सम्पूर्ण नेपाली दाजुभाई तथा
दिदीबहिनीहरुलाई जानकारी गराउन चाहन्छु ।

पारश शाह


निर्मल निवास, महाराजगञ्ज


काठमाडौं, नेपाल

Read Full Discussion Thread for this article