Posted by: _____ December 12, 2010
नकारात्मक राष्ट्रवादको स्वरूप
Login in to Rate this Post:     0       ?        

नकारात्मक राष्ट्रवादको स्वरूप











 




भीमकाय आकारका पार्टीले हामीलाई जसरी प्रशिक्षित गर्दै छन्, त्यो नकारात्मक र ध्वंशात्मक राष्ट्रवादको पाठ हो




केहीअघि
भोजनगृहमा भएको जमघटमा पनि चर्चाको विषय मतदाता परिचयपत्र नै रह्यो र केही
संवेदनशील र महत्त्वपूर्ण सवाल उठे । श्री सूर्यनाथ उपाध्यायजीले निर्वाचन
आयोगले अडान लिन सकेन भनेर उसलाई दोष दिनु गलत हो, यी ठूला भनाउँदा
पार्टीहरू नै दोषी हुन् भन्नुभयो । निर्वाचन ऐनमा मतदाता नामावली
संकलनसम्बन्धी जुन प्रावधान राखिएको छ, त्यो नै सैद्धान्तिक आधारमा गलत छ
भन्ने उहाँको दाबी थियो । त्रिवि राजनीतिशास्त्रका प्राध्यापक श्री लालबाबु
यादवजीको अभिव्यक्ति तथ्यपूर्ण, वैज्ञानिक र विवेकपूर्ण थियो । उहाँले
राख्नुभएका मध्ये दुइटा कुरा अहिले म सम्भिm
रहेछु
। एउटा कुरा, उहाँले अनागरिकलाई मताधिकार विश्वमा कहीँ छैन भन्नुभयो ।
अर्कोचाहिँ तराईको मनोविज्ञानसँग सम्बन्धित थियो । तराईमा ५० वर्षमाथिका
वृद्धवृद्धा र ३५ वर्षमुनिका युवाबीच यस विषयमा नितान्त फरक सोच छ । जतिजति
बाहिरियाले नागरिकता लिँदै जान्छन्, त्यतित्यति हाम्रो अवसर गुम्दै जान्छ
भनेर युवा सोच्छन् । तर, प्रौढमा कुण्ठा बढी छ र त्यसले सधैँ नकारात्मक
भावलाई बढाइरहेको छ भन्ने उहाँको कथनको सारांश थियो । छलफलमा नेपालमा
जत्तिको खुकुलो, हल्का र अनागरिकका लागि ख्याल गरेर बनाइएको नागरिकता ऐन
अन्यत्र कहीँ छैन भनेर धेरैले जोडदार रूपमा राख्नुभयो । यति खुकुलो र हल्का
तवरले नागरिकता सर्वसुलभ गरिँदा पनि नागरिकताको प्रमाणपत्र लिन नजाने, लिन
अल्छी गर्ने अनि निर्वाचन आयोगले नागरिकता प्रमाणपत्र माग्यो भनेर घुर्की
लाउनेलाई के संज्ञा दिने हो भनेर प्रस्ताव पनि आयो । नागरिकताका आधारमा
मतदाता परिचयपत्र बनाउने निर्वाचन आयोगको अभियानलाई ठूला पार्टीले किन ठाडै
असहयोग गरेर विफल बनाए भन्ने जिज्ञासा आम तवरमा प्रकट भयो । नेपालका ठूला
पार्टीहरूको डबल स्ट्यान्डर्ड, ढोँग र पाखण्डका विषयमा बताइरहनु पर्दैन ।
नागरिकताका आधारमा मतदाता परिचयपत्र बनाउने अभियानलाई ठूला दलले विफल
बनाउनुमा दुइटा कारण प्रस्टै देखिन्छन् । पहिलो र मुख्य कारण दिल्लीको साउथ
ब्लक हो । ठूला राजनीतिक दलहरूको दिल्ली सम्बन्ध 'भित्रभित्र लम्पसार,
बाहिरबाहिर मुर्दावाद' सूत्रमा आधारित छ । नेपाली जनता अझै पनि राष्ट्रवादी
र देशभक्त भएकाले जनतातिर फर्केर यिनीहरू राष्ट्रियता र राष्ट्रिय
स्वाधीनताको चर्को नारा लगाउँछन् । जसले जति चर्को राष्ट्रियताको नारा
लगाउँछ, त्यसले त्यति नै साउथ ब्लकसँग आफ्नो स्वार्थ मिलाइरहेको हुन्छ ।
तत्कालीन माले (वर्तमान एमाले) ले इतिहासको लामो कालखण्डसम्म कोसी र
गण्डकीको मुद्दा उछालिरह्यो । टनकपुरको मुद्दामा देशै उचाल्यो । तर,
महाकालीको प्याकेज बोकेर दिल्लीसँग स्वार्थसम्झौता गर्ने पनि त्यही थियो ।
जनतातिर फर्केर 'राष्ट्रिय स्वाधीनता' घोकाउने एनेकपा माओवादीले दिल्ली
रिझाउनकै लागि त्यस्तो घिनलाग्दो नागरिकता ऐन बनाउन सल्लाह र सम्मति दियो ।
आफ्नै स्वार्थसम्झौतामा भएको हुँदा नेकपा एमाले महकाली सन्धिको विषयलाई
जसरी बिर्साउन खोज्छ, त्यसैगरी आफ्नै सल्लाह र सम्मतिमा भएको हुँदा एनेकपा
माओवादी त्यो घिनलाग्दो नागरिकता ऐनलाई कोट्याउन चाहँदैन । दिल्ली रिझाउनकै
लागि त्यस्तो नागरिकता ऐन बनाउन तत्पर भएका यी ठूला दलले मतदाता
परिचयपत्रमा गरेको ठाडो असहयोगलाई अनौठो र अस्वाभाविक ठान्नु हुँदैन । जब
यिनै ठूला दल राष्ट्रियता र राष्ट्रिय स्वाधीनता फलाक्न थाल्छन्, तब त्यो
क्षण अत्यन्त पीडादायी बन्न पुग्छ ।

नागकिरताका
आधारमा मतदाता परिचयपत्र बनाउन लाग्दा भाँजो हाल्ने यी ठूला दलको अर्को
भित्री नियत 'प्रोक्सी मत'को लोभ हो । भन्नलाई यिनीहरू दिनरात स्वच्छ
निर्वाचन भट्याइरहेका हुन्छन, तर यिनीहरूको ध्यान जेजसरी भए पनि निर्वाचन
परिणामलाई आफ्ना पक्षमा पार्नमै केन्दि्रत हुन्छ । देश र जनता यिनीहरूको
जिब्रोमा झुन्डिरहेको हुन्छ, तर यथार्थमा यिनीहरूको नजर सत्ताकेन्द्रको
कुर्सीमा हुन्छ र त्यो कुर्सीमा विराजमान हुन सधैँ हतारिएका र आतुर हुन्छन्
। सत्तामा पुग्नका लागि जोसँग पनि र जेजस्तो पनि सम्झौता गरिरहेका हुन्छन्
। संगठित छ भने जघन्य अपराधीलाई पनि काखी च्याप्छन् । योभन्दा अघिल्लो
सरकारले जघन्य अपराधमा लिप्त संगठित अपराधी गिरोहका तीन सय ४९ थान मुद्दा
फिर्ता लिएको थियो भने वर्तमान सरकारले पनि पटकपटक गरी धेरै मुद्दा फिर्ता
लिइसकेको छ । दुःखद विडम्बना के छ भने जसले जति चर्को स्वरमा सामाजिक
न्यायको नारा भट्याउँछ, त्यसैले सर्वाधिक अपराधीलाई काखी च्यापिराखेको
हुन्छ ।


हिजो
पञ्चायतकालमा दौरा, सुरुवाल र टोपी लगाएर राष्ट्रभक्षण गर्नेहरू नै जनतातिर
फर्केर राष्ट्रियता भट्याउँथे । अहिले दिल्ली रिझाउन हत्ते हाल्नेहरू नै
राष्ट्रिय स्वाधीनताको हल्ला गरिरहेछन् । नेताहरूले राष्ट्रियतालाई दोधारे
तरबारका रूपमा जुन प्रयोग गरिरहेका छन्, त्यो हाम्रो कमजोरीको फाइदा लिएको
पनि हुन सक्छ । राष्ट्रियताका विषयमा हाम्रो अज्ञानतालाई उनीहरूले आफ्नो
स्वार्थमा भजाएको पनि हुन सक्छ । हामीले सर्वाधिक हेक्का राख्नुपर्ने सूत्र
के हो भने असली राष्ट्रवादले नागरिकलाई नस्ल, धर्म, जात, थर, गोत्र, रंग,
भाषा लिंग र क्षेत्रका आधारमा विभाजित गर्दै । आफ्नो जात थर र गोत्रको भए
त्यसलाई भूमिपुत्र, महान् र दिव्य अनि अर्को जात, थर र गोत्रको पर्नासाथ
त्यसलाई निकृष्ट भन्दैन । औपचारिक र अनौपचारिक कुनै व्यवहारमा पनि भेदभाव
गर्दैन । उत्पादन प्रक्रियामा सबैले आफ्नो योग्यता र क्षमताअनुसार योगदान
गरून् भनेर उत्प्रेरित गर्छ । निहुँ खोजीखोजी र अत्तो थापीथापी आपसमै
विभाजित भएर भिडिरहने द्वेष, ईष्र्या र जलन नहुने भएकाले त्यहाँ पर्याप्त
सामाजिक पुँजी निर्माण हुन्छ, जसले आर्थिक समृद्धिलाई बल पुर्‍याउँछ ।
जातपात, नश्ल, धर्म, सम्प्रदाय जस्ता सिमसिमे राजाका पालाका कुडाकर्कट
विचारमा नअल्मलिने भएकाले विचार, दृष्टिकोण र लक्षचिन्तन याथार्थपरक र
वैज्ञानिक बन्दै जान्छ । त्यसले अभिव्यक्ति, कर्म, चरित्र र शैली उन्नत
पार्छ । अब प्रश्न उठ्छ के यी ठूला भनिएका भीमकाय पार्टीका नेताले
राष्ट्रलाई असली राष्ट्रवादको दिशातर्फ अग्रसर गराए त ? जवाफ प्रस्ट छ,
गराएनन् । किन गराएनन् त ? किन गराएनन् भने जनतालाई विभाजित नगराई उनीहरूको
हालिमुहाली नचल्ने भएकाले गराएनन् । साबिकमा बि्रटिसले अपनाएको 'डिभाइड
एन्ड रुल' पोलिसीलाई नै यिनीहरूले पनि लागू गरे । यिनीहरूको डबल
स्ट्यान्डर्ड, ढोँग र पाखण्ड यहाँ पनि देखियो । सामन्तवादलाई निमिट्यान्न
पार्छु भन्नेहरूमै चरम सामन्ती
चरित्र देखियो ।


भीमकाय
आकारका पार्टीले हामीलाई जसरी प्रशिक्षित गर्दै छन्, त्यो नकारात्मक र
ध्वंशात्मक राष्ट्रवादको पाठ हो । नकारात्मक वा ध्वंशात्मक राष्ट्रवाद
'जिरो सम गेम' सूत्रमा आधारित हुन्छ र 'स्याडिस्ट' भावनाले ओतप्रोत हुन्छ ।
'जिरो सम गेम' अर्थात् तिनीहरूको नोक्सानी, मेरो सन्तुष्टि । नकारात्मक
राष्ट्रवादमा रचनात्मक र सृजनात्मक सोच तथा विवेक र न्यायका लागि स्थान
हुँदैन । नागरिकलाई नश्ल, जात, थर, गोत्र, सम्प्रदायजस्ता एकदमै अवैज्ञानिक
र नितान्त भावनात्मक आधारमा विभाजित गरिन्छ र अर्को जातलाई नथिची, नमिची र
नसिध्याई उत्थान सम्भव छैन भनेर उत्तेजित पारिन्छ । भारतको संघ परिवार
-भाजपाको सहयोगी संगठन), महाराष्ट्रमा बाल ठाकरे र राज ठाकरेको शिव सेना,
अफगानिस्तान र पाकिस्तानका तालिबानीहरू, हिटलरको नाजी पार्टी र इटालीको
मुसोलिनी यी सबै नकारात्मक राष्ट्रवादका प्रमुख उदाहरण हुन् । नकारात्मक
राष्ट्रवादीको गोडा जमिनमा हुँदैन र दृष्टि भर्टिकल आकाशको शून्यमा फोकस
हुन्छ । वर्तमानको कठोर यथार्थलाई पन्छाउँदै विगतका नाममा एउटा काल्पनिक
नेपथ्यको रुमानी संसारमा रम्न खोजेका हुन्छन् ।



नकारात्मक
राष्ट्रवादीले आफ्नो पछौटेपनको कारण आफूभित्र खोतल्दैन । आफ्नो दुर्दशाको
दोष अरू कसैको थाप्लामा चढाउन सधैँ उद्यत रहन्छ । दोष थोपर्न तथ्य र आधार
केही नभेट्टाए मिथकको सहारा लिन्छ । दुई-चार सय वर्ष वा हजार/बाह्र सय
वर्षअघि हाम्रो पुर्खाको कुनै व्यक्तिलाई त्यसको पुर्खाले अन्याय गरेको
किंवदन्ती भेटियो, त्यसको बदला योसँग किन नलिने भन्ने ताइनतुईको अत्तो
थापेर चितुवाले बाख्राको पाठोलाई झम्टेसरि आक्रमण गर्छ । अक्षमता र
महत्त्वाकांक्षाको अन्तर्द्वन्दले उब्जाएको कुण्ठा नै नकारात्मक
राष्ट्रवादको स्रोत बन्न पुग्छ । सुप्रसिद्ध मनोविश्लेषक एरिक



मले
'सेन सोसाइटी' नामक पुस्तकमा विगतको असफलताको कुण्ठाको अभिव्यक्ति नै
नकारात्मक राष्ट्रवाद हो भनेका छन् । प्राध्यापक लालबाबु यादवजीले यथार्थको
चुरो पकड्नुभएकै हो । अहिलेको वितण्डावादी सोच कुण्ठाको अभिव्यक्तिबाहेक
केही होइन ।

http://www.nayapatrika.com/newsportal/view/19517.html


Read Full Discussion Thread for this article