Posted by: _____ December 12, 2010
नभएको किरातकाल’
Login in to Rate this Post:     0       ?        


साथी हरु को प्रतिक्रिया देखेर उत्साहित भएर केहि लेख्न मन लाग्यो

GT जी ले भने जस्तै   नाम को काकताली को आधार मा आफु लै मन लागेको इतिहास बनाउने प्रयास गरेको देखिन्छ मेरो विचार मा कमुनिस्ट हरु को सब्द सापट लिएर भन्ने हो भने यो लेख प्रतिक्रियाबादी प्रकार को देखिन्छ. हिजो  आज नेपाल मा सबै ले आफ्नो जात जाति को बारेमा बिना प्रमाण एती बढाई  चढाई गरेको देखिन्छ कि भनेर साध्हेय छैन , त्यो सबै विश्वास गर्ने हो भने Egyptian  सभ्यता, रोमन सभ्यता, Mayan   सभ्यता पनि तल्लो लाग्न सक्छ. यो लेख ले के देखौछा भने बिस्तारै बिस्तारै हाम्रो देश कता तिर जादै छ भनेर . यो लेख ले अर्को के पनि देखौछा भने बिना परमाण, किम्बदन्ती र केहि सब्द मिलेय्को भर मा इतिहास लेख्न थाल्ने हो भने अर्थ को अनर्थ हुन जान्छ

तर सब्द को स्थानिय भाषा मा रुपान्तार नहुने चाही होइन, नेपाल को कौशी तोश्खाना को धड्दा मा के लेखेको रैछा भने चन्द्र सम्सेर को पाला मा हो कि कसको पालामा हो ( एस बारेमा गोर्खा पत्र मा छापिएको र एस्तो पनि हुन सक्छ भनेर मेरो दाइ ले मलाई सुनाउनु भएको) सरण हरि टन्डन डकुलंथन नेपाल घुम्न आएको र उसको बसाइ  भरि  नेपाल सरकार ले १२ हजार रुपिया खर्च गरेको भनेर. पछि पंचायेत काल मा एक जना अनुसन्धान कर्ता लाइ  यो बहि खाता देखेर अचम्म लागेछ  के हो एस्तो, नाम भने डकुलंथन   रे आनी उसको लागि सरकार ले १२ हजार रुपिया किन खर्च  गर्न पर्ने?
पछि बुझ्दै  जादा के भएको रहेछ  भने Sir  Henry  Tondon , Duke  of  London  , नेपाल घुम्न आएका रहेछन अब तेस्को खर्च को लेखा जोखा राख्ने क्रम मा लेखनदास ले सरण हरि टन्डन डकुलंथन लेखेको रहेछ , अब  त्यो बेला को लेखनदास, साएद अंग्रेजी औदैना  थ्यो होला
जुन सब्द उसलाई कर्ण प्रिय लाग्यो तेही सब्द लेखि दियो
नेपाल मा पनि हिजो आज आफ्नो, जात मिलेको, थर  मिल्यो कि महान, मिलेन भने पत्रु, आफ्नो जात जति को इतिहास  महान आरुको पत्रु भन्ने सोचाइ को  बाढी नै आएको छ , यो एकप्रकार को निषेधित मनस्थिति हो

चना तरकारी जी ले भने जस्तै यो लेख अनुसन्धान भन्दा प्रोपोगान्डा हो आनी भोजपुरे जी ले भनी जसतै   complicated  nature  को छ

मलाई यो लेख मा मन परेको भनेको आन्तिम पराग्राफ हो , येस्मा चाहि मलाई सहमत हुन मन लाग्छ, मानब सभ्यता को विकास मा कसले कहाँ कुनै उपाधि पौछां तिनका सन्तति हरु ले नैर्संगिक अधिकार को रुप मा तेस्लाई ग्रहण गर्छन र आन्त्य मा तेसै क आधार मा एक अर्का संग, म ठुलो त सानो भन्दै मारकाट गर्छन , यो भन्दा अरु हास उठ्दो कुरा के होला? उदहारण को लागि धेरै टाडा जान  पर्दैन तपाई हरु ले  जंग बहादुर  कुँवर  को नाम त सुन्न भएकै होला तिनै जंग बहादुर क्या जसको नाम बाट पछि तिन का भाई  का सन्तान ले ज. ब. रा राखे अहिले ज. ब. रा र कुँवर को बीच मा फरक देखाउछान  मान्छे हरु , पछि  फेरी तिनीहरु बाटै शमशेर  आए ,
आहिले पशुपति शमशेर ज. ब. रा लाइ पशुपति कुँवर लेखे बास्तब  मा केहि फरक पर्ने त होइन नि .
इतिहास को कुनै क्रम मा , राम्रो , नराम्रो कुनै घटना/दुर्घटना को आधार मा कुनै जात, कुनै थर कुनै पर्व सुरु गरिएको हुन्छ , वर्तमान मा न तिन को कुनै उपादेयता छ , न कति को प्रमाणिक आधार नै छन्,  किम्बदन्ती हरु मात्रै बाची रहेका छन् अनि  तिनै किम्बदन्ती को आधार मा हामि नेपाली हरु एक अर्का संग झगडा गर्न तम्तयार छौ 
यो लेख्नु को अर्थ कसरि इतिहास बांगीन्छा   भनेर देखाउनु मात्र हो
धन्यवाद

Read Full Discussion Thread for this article