Posted by: Geology Tiger December 11, 2010
नभएको किरातकाल’
Login in to Rate this Post:     1       ?         Liked by

धागोको लागि _______लाई धन्यवाद! हुनत: म ईतिहासको विध्यार्थी होइन तर जति जति नेपालको ईतिहास सम्बधी नयाँ नयाँ लेखहरु पढ्छु मलाई के अचम्म लागेर आउँछ भने के ईतिहासको अध्ययनमा विकसित भएको नविनतम प्रविधी भनेको खाली कुन शब्द कुन शब्दसँग मिल्छ भनेर शब्द मिलाएकै भरमा सारा ईतिहास रच्नु हो? के उत्खनन् र अन्य पुरात्वत्विक सामाग्रीहरुको महत्व हुँदैन ईतिहासलेखनमा? कि यस्तो नेपालमा मात्र हुन्छ? किराँत राजाहरुको नामलाई विश्व ईतिहासका विभिन्न व्यक्तिहरुसँग जवर्जस्ती मिलाएर किराँतकाल नै थिएन भनेर ठोकुवा गर्नसक्ने सौरभको ईतिहाससम्बन्धी अध्ययनलाई मैले मान्नै पर्ने हुन्छ। सौरभको लेख सर्सर्ती पढ्दा मलाई के लाग्यो भने अट्टिला देखि कन्स्टान्टिन र रोमन शासक सबैको बारेमा त्यस्तो राम्रो ज्ञान राख्ने सार्थवाहु पक्का पनि धुरन्धर ईतिहासकार अथवा लेखक हुनुपर्छ, एउटा व्यापारीले विश्व ईतिहासको बारेमा त्यतिको ज्ञान राख्नु! त्यो पनि इशाको पाँचौ शताब्दीमा! त्यो पनि नेपालमा!


अन्त्यमा सौरभजी तपाईंले रच्नु भएको पुरानो नेपालको नयाँ ईतिहासमा ठुलो भ्वाङ देखिन्छ। कि त यहाँको अध्ययन अनुसन्धानमा कमी छ कि या आफुले चाहे अनुसारको ईतिहास रच्नमा समय खर्चिरहनु भएको छ।     

Last edited: 11-Dec-10 12:19 PM
Read Full Discussion Thread for this article