Posted by: WikiLeaks December 10, 2010
ANA at a loss of 84 thousand USD in Boston
Login in to Rate this Post:     0       ?        
Circulated in email lists

के त ८४ हजार डलर परिपूर्ती भो ॽ

 

एसोसिएसन अफ नेपाली इन अमेरिकाज (एएनए) को गत जुलाइमा सम्पन्न २८औं सम्मेलनमा भएको ८४ हजार घाटाको प्रसंगमा एएनका अध्यक्ष किन मौन ॽ भनेर अमेरिकाभरका नेपालीहरुमा अहिले चासो बढीरहेको छ भने सिङ्गो एएनए टीम फरार ॽ भएको अनुमान हुन् थालेको छ । कतिपय मानिसहरुले अड्कल थाप्न थालीसकेका छन् -'कमिसन खाने सुत्को साऊँ पनि फुत्क्यो' । एएनएको बर्तमान कार्य समितिलाई मान्नु पर्छ, सामाजिक संस्थामा कमिसन दोबर्याउने चक्करले यति ठूलो नाम कमाएको सायद बिस्व ईतिहासमा पहिलो नै होला । टेबुलमुन्तिरबाट हरिया नोट दोबर्याउने नेपाल सरकारका कर्मचारी र नेपाली जनताले तिरेको कर टेबुलमाथिबाटै दोबर्याउने नेपाली राजनीतिज्ञ तथा नेपाल सरकारका खाओबादी उच्च पदस्थ ठालुहरुलाई समेत माथ गर्ने एएनएको यो चर्तिकला मान्नै पर्छ डाएसपोराका नेपालीहरुले । 

 

साहित्य, कला, मिडिया, खेलकूद, समाजसेवा, कानून लगायतका क्षेत्रमा उपलब्धिपूर्ण काम गर्ने गरि १६ बुंदे घोषणापत्र जारि गरिरहंदा एएनए अध्यक्ष सिमोन ढुंगाना, उपाद्यक्ष मेदिनी अधिकारि, कन्भेनर सुन्दर गुरुङ, कोषाधक्ष उत्सब गुरुङ र महा लेखापरीक्षक हरि शर्माको मन खिन्न र ओठ कलेटी परेको देख्ने पाँच हजार नेपालीहरुको मनमा तुल्बुल जागिरहेको थियो । मानिसहरुलाई लाग्थ्यो किन ॽ त्यसो भैरहेको होला भनेर । अन्तिम दिन कन्भेन्सन स्थलबाट ढ्याउअ डकार्दै बाहिर निस्कदा ढुंगानाजीको अनुहार प्रफुल्ल देखिएपनि, नाक घिरौला जत्रो देखिएपनि मन मुग्ध थिएन । वहालाई यो कहिँ नभएको जात्राको रहस्य चाडै खुल्छ र फरार हुनुपर्ने हुन्छ भन्ने पहिल्यै थाहा थियो । यहि जात्राको अनुमान लगाउंदै, स्मारिका प्रकाशन गर्न लगाई भुक्तानी रोकिएका शाश्वत पराजुलीका सेल फोनका घन्टीहरु इग्नोर गर्दै, कन्भेनर सुन्दर गुरुंगलाई छल्दै, कोषाधक्ष  उत्सब गुरुंगलाई पर्खनुहोस केहि समय भनेर आस्वासन बाडदै, मेदिनी अधिकारिसंग  सुटुक्क भाग्नु पर्दाको क्षण अहिले ढुंगानाजीका लागि फलामको च्यूरा साबित हुँदैछ । 

 

एएनएलाई संघिय प्रणालीमा लैजाने अध्यक्ष ढुंगानाको फराकिलो र दूरदर्शी कदम भनेर उनका शुभचिन्तकहरुले त्यसै भनेका होइन रहेछन । ढुंगानाको फराकिलो र दूरदर्शी कदम भन्नाले 'मिलेर चपाउने वा एक्लै' भन्ने कुरोसंग सरोकार राख्ने बिसय हो जो सारालाई समयले देखाउला नै तर यति कुरो चाहिँ प्रस्ट भयो, एएनए भित्र चपाउन पाइदो रहेछ भन्ने सायद सबैले बुझे होलान । ६ महिना अघि सकिएको कन्भेन्सनको आर्थिक अनियमितताको गन्ध ३ महिना अघि वासिंगटन डिसी वरपर आउँदा बजारमा हल्ला चलेको थियो कि ढुंगानाले नैतिकताका आधारमा पद त्यागछन र छानबिन गर्नेलाई सघाउछन् कि छानबिन गर्नेले सत्य तथ्य पत्ता लगाएर  ढुंगानालाई बिदा गर्छन । एएनए कन्भेन्सनको हिसाव किताव फर्छ्योट भएको वा महा लेखापरिक्षकले लेखा परिक्षण गरि हिसाब किताब मिलान भएको जानकारी बाहिर नआएपछि अध्यक्ष ढुंगाना लगाएत एएनए कार्य समितिका सबैले कालो खाएको जस्तो भान पर्न थालेको छ । अहिले त मानिसहरुमा भान मात्र परेको छ, यहि स्थिति र रुप बोकेर पुन अर्को कन्भेन्सनमा जाँदा आपसी झडपको अबस्था नआउला भनेर कसैले भन्न सक्छ ॽ अरु कसैका बीच झडप नभए पनि दोबर्याउने र दोबर्याउन नपाउने बीच भीषण झडपको अबस्था नआउला ॽ दोबर्याउन बानि परेकाका लागि डलर भनेको 'गिद्दलाई सिनो' भने सरह होइन र ॽ

 

एएनए अध्यक्ष ढुंगानाको व्यक्तिगत हो वा एएनएको डलरमा डलस एअरपोर्टबाट लगन एअरपोर्टसम्म सबारी र त्यसकै बिपरित दिसामा निशुल्क फिर्ति सबारी, बसुन्जेल निशुल्क भोजन र ढुंगानाकै रोहबरमा होटलको महँगो कोठामा बास तथा होटलको महँगो सुरा समेतको रस स्वादन गर्न पाएका भर्जिनियाका एक भाग्यमानी पत्रकारले घुमाउरो पाराले लेखेका छन् 'सम्मेलन अध्यक्षको नैतिक जिम्मेवारीलाई आँखा चिम्लेर संस्थाका अध्यक्ष मात्र होइन सिंगो निर्वाचित टिमलाई निकम्मा सावित गर्न खोजिएको छ' । यसको सिधा र सरल अर्थ हो आर्थिक घाटाको सबालमा कन्भेनर सुन्दर गुरुङ जति जिम्मेबार छन् त्यति एएनए अध्यक्ष ढुंगाना जिम्मेबार हैनन् । मित्रलाई नै कन्भेन्सनमा लैजादा र ल्याउदा भएको कूल ८४ हजार घाटाको ८४ वटा हिस्सा मध्धे एक हिस्सा परेको हेक्का छ भने गुरुङ र ढुंगाना मध्धे अनियमितता तर्फ जिम्मेवारीमा कसको पल्ला भारी होला अनुमान गर्न सहज होओस ।

 
मित्रलाई सम्झना होला नै सिंहदरबार आगलागी हुँदा तत्कालिन प्रधानमन्त्रि किर्तिनीधि बिस्टले किन राजिनामा दिए होलान ? सिंहदरबार जल्नु अघि आगो झोस्ने त उनि थिएनन । कुनचाहि ढोके, बैठके, बगैचे, पाले, कुचे, पुलिस, सेना वा चुरोटेले आगो झोसेर सिंहदरबार डढेलो लाग्दा नैतिकताका आधारमा बिस्टले पद त्यागे । त्यो उदाहरण ढुंगानाको नजरमा नजिर जस्तो लाग्ने हो भने एएनएमा टासीरहनुको के अर्थ ? पत्रकार मित्रले ढुंगानाको सिधै बचाउ गरि भनेका छन् ' एएनएमा विगतका कैयन् वर्षदेखि  सम्मेलन अध्यक्ष सम्मेलन सफल पार्न र सम्मेलनको पूर्ण जिम्मेवारी लिएको इतिहास देखिएको छ । सम्मेलनमा संस्थाका अध्यक्षको भूमिका शो पिसका रुपमा रहेको हुन्छ र सम्मेलन पश्चात सम्मेलन अध्यक्ष सम्मेलनको कारोवार समाप्त गर्नेतिर लाग्ने र संस्थाका अध्यक्ष नियमित काममा लाग्ने परम्परा रहि आएको हो ।' मित्रले यो कुरो प्रस्टसंग खुलासा गरेनन र ढुंगानाको एकपक्षीय बचाउ गरेको जस्तो देखिएको छ । सम्मेलन अध्यक्षको जिम्मेबारी हिसाब किताब फर्छ्योट गर्नेतिर हुन्छ भनेर गुरुंगलाई अफेण्ड गरेको र ढुंगानालाई डिफेन्ड गरेको सबैले बुझे होलान तर मित्र नै आफु अनभिज्ञ भएको बिषय हो हिसाब किताब फर्छ्योट गर्ने त कोसाध्यक्षले हो, त्यो माथि आर्थिक कारोबारबाट आफुलाई भिन्न राखेका हुन् संस्थागत अध्यक्षले भने पत्रकार, कलाकार, मास्टर अफ सेरोमोनि भनेर आ-आफ्ना मान्छेलाई कन्भेन्सनमा बोकेर लगी कन्भेन्सनको खर्च बढोत्तरी गर्ने अधिकार संस्थागत अध्यक्ष ढुंगानाले कहाँबाट पाए ? खर्च बढोत्तरी आफु गर्ने घाटाको जिम्मेबारी अर्कालाई पन्छाउने यो कस्तो नैतिकता पत्रकार मित्रको लेख ढुंगानाको प्रायोजनमा भएको सबैको आसंका रहेको छ ।
 
कसैको प्रायोजनमा लेख लेखने र उसको चाकडी दर्शाउने पारा नेपाल पत्रकार संघका पत्रकारहरुको परम्परा  हो, नेपाली सेनाका जनरलहरुको रुपैयामा, नेपाल प्रहरीका अधिकृतहरुको रुपैयामा, तस्कर र दुई नम्बरिहरुको रुपैयामा, कर, अदालत, मालपोत, भन्सार लगाएतका भ्रस्टाचारी कर्मचारीहरुको रुपैयामा, सर्बच्व लुटेरा र डनहरुको रुपैयामा पत्रपत्रिका चल्छन नेपालमा । त्यतिमात्र होइन अहिले भारतीय दुताबासको लैनचौरबाट पनि बाडिने करोडौ रुपैयामा पत्रपत्रिकाहरु संचालित छन् । यो कुरो सबलाई थाह हुनु पर्छ । यो कुरो गलत हो भनेर जान्ने सुन्नेले त्यस्ता कुराको बिरोध गर्न सक्नु पर्छ । पत्रकारिता कसैको दलाली गर्ने, चाकडी भजाउने, गुणगान गाउने र भोजन गर्ने पेशा होइन । गलतलाइ गलत र सहिलाइ सहि भनेर जस्तो देख्यो तेस्तै प्रस्तुत गर्न सक्नु पर्छ पत्रकारिताले, जसबाट समाज लावान्वित हुन् सक्छ । पत्रकारितालाई समाजको चौथो अंग किन भनिएको होला पत्रकार मित्रले भाषा बुझे भने ढुंगाना र गुरुङ एएनए कन्भेन्सन र त्यस भित्रको अनियमितताका महान पात्र खोट्याउन सफल होलान ।
 
अहिले डाएसपोराका नेपालीहरुमा चासो बढिरहेछ - के त ८४ हजार घाटा परिपुर्ती भो ? त्यो परिपूर्ती गराउने जिम्मा पाएको एएनए अडिटर जनरल हरि शर्मा लगाएतको ३ सदस्यीय छानबिन आयोगले कसलाई देख्यो दोषी ? कसले तिर्ने भयो ८४ हजार ? नेपाल सरकारले नेपाली जनताको आखामा छारो हाल्न बनाउने गरेको छानबिन आयोग र एएनए कन्भेन्सन अनियमितता छानबिन आयोगको रुपरंगमा केहि भिन्नता देखिएको छैन किनकि यो छानबिन आयोग तत्कालीन रुपमा एएनए संस्थागत पदाधिकारी र कन्भेन्सन आयोजक बीचको तनाब कम गर्न संस्थागत अध्यक्ष ढुंगानाले बनाएको झारा टरुवा आयोग नै थियो, त्यसले गतिलो फल दिने सम्भाबना त्यतिखेर देखि नै थिएन ।
 
यदि सम्भावना थियो र ८४ हजार डलर दोषिबाट भुर्ताल गर्न आयोग सक्षम भएको हो वा ८४ हजार डलर उठ्ने ठेगान मिलेको हो भने एएनए प्रति चासो राख्ने तमाम् डाएसपोरा नेपालीहरुलाई त्यसको रिजल्ट देखाई पाम भन्ने आग्रह अहिले अमेरिकाभर बढिरहेको छ । छानबीन आयोगले दोषी पत्ता लगाएर डलर झार्न रिकमेनडेसन मात्रै गर्ने अधिकार पाएको हो भने पनि त्यसलाई सार्बजनिक गर्न अमेरिकाबासी नेपालीहरुले आग्रह गरेका छन् ।

Last edited: 10-Dec-10 07:36 PM
Read Full Discussion Thread for this article