Posted by: Geology Tiger December 5, 2010
'bahulbaad' vaneko k ho?
Login in to Rate this Post:     0       ?        

हा हा साथी यसलाई अन्यथा नलिउ है, तर मलाई हाँसो उठ्यो, साथीको प्रश्न देखेर होइन मेरो दिमागमा रहेको बहुलवादको परिभाषा र नेपालमा रहेको बहुलवादको उदाहरण सम्झिएर... नेपालको उदाहरणले के देखाएको छ भने बहुलवाद भनेको हुल का हुल हुल्याहाहरु एक आपसमा मिलेर अथवा झगडा गरेर आफुले लिएको जिम्मेवारी पुरा नगर्ने र आफुलाई तथा आफ्नो नाता सम्बन्धीलाई जे मन लगेको त्यो चाँही पुरा गर्ने अवस्थालाई बहुलवाद भनिन्छ जस्तो लाग्छ, चाहे त्यो माओवादीहरु जस्तो ज्यानमाराको हुल होस्, चाहे त्यो नेपाली काङ्रेस जस्तो घुस्याहाहरुको हुल होस् अथवा एमाले जस्तो दहीचिउरेहरुको हुल होस्; सबै हुल्याहरु एक ठाउँमा जम्मा हुन्छन्, झगडा गर्छन् अनि देश चलाऊछन्। भ्रष्ट कर्मचारीहरुको हुलले कर्मचारीतन्त्र चलाऊँछन्, भष्ट पुलिसहरुको हुलले पुलिस प्रशासन चलाऊँछन्, लुटाहा ट्याक्सीड्राइवरहरुको हुलले शहरको ट्राफिक चलाऊँछन्, काला बजारियाहरुको हुलले बजार चलाऊँछन्; यस्तै यस्तै अनेकौ उदाहरणहरु छन् हुलबादका। किताबमा पढेको ज्ञान व्यवहारमा कमै लागु हुदो रहेछ, त्यो पनि नेपाल जस्तो देशमा। त्यसैले मैले त शब्दहरुको परिभाषालाई नेपाली समाजको वास्तविकता अनुसार बदल्नु पर्छ भन्ने कुरा उठाइरहेको छु। जसको हुल ठुलो भयो उसकै देशमा राज भयो, जय हुलवाद!       


 

Last edited: 05-Dec-10 10:57 PM
Read Full Discussion Thread for this article