Posted by: OBAMA December 4, 2010
एउटा कविता
Login in to Rate this Post:     1       ?         Liked by

पुराना कागजहरु खोतल्ने क्रममा यो कविता भेट्न पुगे। प्रस्तुत गर्दै छु। युनिकोड को नेपाली मिलाएर पदीदिनु भये आभारी हुने थिए।


प्रिस्ठभुमिमा हैतीमा भर्खरै भुकम्प आएको थियो र फोर्ब्स ले हाम्रो काठमाडौंलाई सम्भावित भुकम्पिय विनाशको सुचिमा नम्बर १ म राखेको थियो। नेपालको  नकारात्मक प्रचार ले दिमाग रन्काइ रहेको बेला लेखेको थिए:


      भुकम्प


हैती मा भर्खरै विनास भएको बेला


फोर्ब्स ले हाम्रो काठमाडौं लाई राखेको सर्वोच स्थानमा


सम्भावित विनाश बाट बिचलित लेखक


तिमीलाई भन्न चाहन्छु :


 


मेरो काठमाडौं जनरल माओको मिलिसिया बूटहरुले किचिएको


दैनिक पत्रीकाहरुमा नछापिएका अक्षरहरुमा


लेखिएको


हत्या आतंक का अभिशप्त डर् हरु


युद्ध शान्तिको नातकिय मन्चनहरु बिच


ग्रीययुद्ध  मेरो उमेरको लामो हिस्सा भएको


 


यती लामो द्वन्द बाचेको मलाई


तिमी भुकम्प को डर देखाउछौ ?


 


तिम्रो भुइचालोले केही लाख साधारण मानिसहरु मर्न सक्छन


कुनै नाम नभएका, अनुहार नभएका, सपना नभएका


तिनिहरु मरेर के हुन्छ ?


तिम्रो भुइचालोले प्रचन्डलाई मार्न सक्छ ?


बाबुरामलाई गायब गर्न सक्छ ?


तिम्रो भुइचालोले अनेकौ जातियतामा


बाडियेका हामीलाई


नेपाली बनाउन सक्छ ?


अनेकौ प्रदेशमा बाडिन आटेको मेरो देशलाई


नेपाल बनाउन सक्छ ?


 


सक्दैन भने -


तिमीले देखाएको डरले


मेरो मुटु हल्लिदैन भन्छु


आफ्नो पहिचान धुमिल भैरहेको बेला


तिमीले भनेजस्तै भुकम्पमा मरे भने


के लेक्छौ तिमीले :


बाहुन, छेत्री, नेवार, राइ, मधेसी, माओवादी -माओबादी


के मीर्त् भेटियो -


के लेक्छौ तिमीले?


के???

Read Full Discussion Thread for this article