Posted by: KYtipusultan December 1, 2010
Encroach of privacy, reveals true identity of usa towards Nepal
Login in to Rate this Post:     0       ?        
अमेरिकाले नेपालसँग सम्बन्धित गोप्य कूटनीतिक दस्तावेज विकिलिक्सबाट सार्वजनिक भए पनि नेपाल-अमेरिका सम्बन्धमा कुनै असर पर्न नहुने जनाएको छ ।

नेपालका लागि अमेरिकी राजदूत स्कट एच डिलिसीले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालालाई भेटी त्यस्ता दस्तावेजप्रति आफू जिम्मेवारसमेत नहुने बताएका छन् ।

विभिन्न देशमा रहेका अमेरिकी दूतावासले तयार पारेको गोप्य दस्तावेज विकिलिक्सले सार्वजनिक गर्न थालेपछि सम्बन्धित राष्ट्रका अमेरिकी दूतावासमार्फत अमेरिकाले आफ्नो धारणा स्पष्ट पार्न सुरु गरेको हो ।

सोही क्रममा डिलिसीले कोइरालालाई बुधबार भेटेका हुन् । परराष्ट मन्त्रालयमा करिब आधा घन्टा भएको भेटमा राजदूतले विकिलिक्सले सार्वजनिक गर्ने घोषणा गरेको जस्तो गोप्य दस्तावेज जुनसुकै मुलुकले तयार गर्ने उल्लेख गर्दै घटनालाई सामान्यीकरण गर्न खोजेका थिए ।

कोइरालाले डिलिसीलाई जुनसुकै अवस्थामा पनि नेपाल-अमेरिका सम्बन्ध नबिग्रनेमा आश्वास्त पारेकी थिइन् । 'अमेरिकासँग हाम्रो सम्बन्ध जस्तोसुकै अवस्थामा पनि बिग्रने छैन भन्ने विषयमा छलफल भयो,' डिलिसीसँग भएको भेटपछि कोइरालाले भनिन् । विकिलिक्सले नेपालसँग कूटनीतिक सम्बन्धका दस्तावेजहरू सार्वजनिक गर्ने कुरा सही हो या होइन भन्ने हेर्न बाँकी रहेको उनको कथन थियो ।

कोइरालाले गोप्य दस्तावेज सार्वजनिक हुनु दुःखद रहेको बताएकी थिइन् । डिलिसीले गोप्य दास्तावेज सार्वजनिक भएको प्रति दुःख व्यक्त गरेका थिए ।

विकिलिक्सले काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिका पठाएको गोप्य दस्तावेज सार्वजनिक गर्ने आइबार घोषणा गरेको थियो । घोषणाअनुसार विकिलिक्ससँग दूतावासले पठाएको २ हजार २ सय ८९ गोप्य कागजात छन् । विकिलिक्सका अनुसार सन् २००० देखि २०१० सम्म दूतावासले तयार पारेका ती कागजात माओवादी विद्रोह, भुटानी र तिब्बती शरणार्थी, नेपालका भारत र अमेरिका सम्बन्ध र नेपाल सरकारको आन्तरिक गतिविधिबारे छन् । कुल कागजातमध्ये ८४ अति गोप्य र १ हजार ३ सय ९९ गोप्य रहेका विकिलिक्सले जनाएको छ । बाँकी ७ सय ९५ कागजातलाई भने वर्गीकरण गरिएको छैन ।

Read Full Discussion Thread for this article