Posted by: _____ December 1, 2010
सांसदलाई दिउँसै लुकाउँदाको सम्झना
Login in to Rate this Post:     0       ?        
सांसदलाई दिउँसै लुकाउँदाको सम्झना ― वसन्तराज कुँवर

गिरिजाप्रसाद कोइरालाले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई
चुनावमा हराउन प्रहरी अधिकृतहरू परिचालन गरेको मलाई राम्ररी थाहा छ। ती
अधिकृत नै पछि पुरस्कृत हुन पुगेका थिए। पुलिसमा कांग्रेसीकरण हुनुमा
इतिहासको त्यो घटना ज्यादै अविस्मरणीय थियो। त्यस अभियानमा सघाउने अधिकांश
प्रहरी अधिकृत बाहुन जातका थिए।

एकताका शेरबहादुर देउवा प्रधानमन्त्री थिए। उनको विरुद्ध अविश्वासको
प्रस्ताव एमालेले ल्याउने भयो। नेमकिपाको देउवाको सरकार बचाउन
महत्त्वपूर्ण भूमिका हुन्थ्यो। एक्कासि मध्यरात नेमकिपाले देउवाको विरुद्ध
अविश्वासको प्रस्ताव ल्याउन एमालेलाई सहयोग गर्ने निर्णय गर्योए। उसको
एकजना मात्र सांसदलाई आफूतिर तान्न सके देउवा सरकार बच्न सक्ने थियो। त्यसो
गर्दा अविश्वासको मत देखाउन एमालेलाई संख्या पुग्थेन। त्यस बखत गृहमन्त्री
खुमबहादुर खड्का थिए। उनले भक्तबहादुर रोकायालाई काठमाडौंबाट भगाउने योजना
बनाए। यो षड्यन्त्रको भनक एमालेलाई पनि भयो। योजनाबद्ध रूपमा सांसद भगाउने
जिम्मा एआइजी अच्यूतकृष्ण खरेललाई दिइएको थियो। योजनाअनुसार प्रहरी
अधिकृतकै सहयोगमा ती सांसदलाई एयरर्पोट पुर्या इयो। एक जहाजमा ती सांसदलाई
एक्लै राखी उनलाई भगाएर विराटनगर पुर्या इयो। गृहमन्त्रीको ठाडो निर्देशनमा
विराटनगरका डिआइजीले ती सांसदलाई बुझे र उनलाई गोप्य ढंगले विराटनगर
तालिमकेन्द्रमा राख्ने काम गरे। यता संसद् भवनमा अविश्वासको प्रस्ताव सफल
हुन नदिन सांसदलाई लुकाइएको छ भन्ने कुराको जानकारी भित्र(भित्र दलहरूलाई
पनि भइसकेको थियो, त्यसैले सांसदलाई भगाउन नदिन संसद्बाट प्रहरी प्रधान
कार्यालयमा पत्राचार भइसकेको थियो र तत्कालीन आइजिपी मोतीलाल बोहराले उक्त
चिठ्ठी प्रहरी प्रधान कार्यलयमा अप्रेसन विभाग प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक धु्रव प्रधानलाई दिएका थिए। त्यो पत्र औपचारिकताका लागि मात्र
बोहराले कार्य विभागमा पठाएका थिए। तर, आन्तरिक रूपमा भने उनी पनि
भित्र(भित्र देउवालाई बचाउने योजनामा सामेल थिए।

त्यस समय अच्यूत खरेल र ध्रुव प्रधानबीच आइजिपी हुने प्रतिस्पर्धा
थियो। प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरू राजनीतिज्ञहरू यो
चक्रब्युमा नराम्रोसँग परिसकेका थिए। सांसद लुकाइएको कुरा आगोझैँ फैलियो।
प्रधानले सीधै विराटनगर तालिम केन्द्रको तत्कालीन इन्चार्ज अरुणविक्रम
राणाको सातो खाएपछि सांसद त्यहाा लुकेको स्पष्ट भयो। अब धु्रव प्रधानले
सांसदलाई पक्राउ गरी फर्काउने हल्ला चल्यो। शेरबहादुर देउवाको सातो गयो र
उनले प्रधानलाई बोलाई पक्राउ नगरिदिन अनुरोध गरे। उनले त्यसबखत हातै जोडेर
प्रधानलाई सांसदलाई पक्राउ गरी नल्याइदिन आग्रह गरे। त्यतिवेला धु्रव
प्रधानले देउवालाई ुतपाईं चोरीको काम गर्ने?ु भनी कड्कादा देउवा तर्सेका
थिए।

बोहरा र खरेलको सहयोगले एक सांसद भगाउन सफलता मिलेको हुादा देउवाको
सरकार एक भोटले बच्यो। यस घटनापछि खरेलप्रति गृहमन्त्री खड्का र देउवाको
सहनाभूति बढ्नु स्वाभाविकै थियो। क्षणिक विजय भए पनि देउवाले एक
महिनाभित्रै आफ्नो बहुमत प्रमाणित गर्नुपर्ने बाध्यता थियो। खरेलको सहयोग
त्यससमय पनि कांगे्रसलाई चाहिने भयो र पुरस्कारस्वरूप मोतीलाल बोहराको
अवकाश नहाुदै कावा आइजिपी भनेर शेरबहादुर देउवा र खुमबहादुर खड्काले
खरेललाई पदोन्नति गरिदिए। धु्रव प्रधानले विरोध जनाएपछि २ वटा आइजिपी
बनाउने भनी गृहमन्त्री, रामशरण महत र बुद्धिमान तामाङको समिति पनि बन्यो।
सशस्त्र बनाई एक आइजिपी त्यता जाने प्रस्ताव आयो तर खरेलको असहमतिका कारण
त्यो कुरा सम्भव भएन। देउवा सबै रहस्य थाहा पाउने प्रधानलाई पनि मिलाएर लान
चाहन्थे। एक महिना सरकार बचे पनि शेरबहादुर देउवाले संसदमा बहुमत
देखाउनुपर्ने थियो। तर, दुर्भाग्यवश उनको आफ्नै दुई सांसद फेरि उनलाई
अन्तरघात गर्दै भागिदिए। ती सांसद खोज्न पनि देउवाले ध्रुव प्रधानको मद्दत
माग्ने। चुनावका दिन ती सांसद गायव भएका कारण शेरबहादुरले बहुमत पुर्यापउन
सकेनन् र सरकार ढल्यो। नाटकीय रूपमा लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा
एमालेको सहयोगमा नयाा सरकार बन्यो र खरेल आइजिपीबाट ३६ दिनमै हटाई ध्रुव
प्रधान अचम्मसाग आइजिपी बने।

इतिहासको यो घीनलाग्दो खेलको साक्षी म पनि हुा। राजनीतिज्ञले
त्यतिवेला सांसद लुकाउन उच्च प्रहरी अधिकृतहरूको जुन प्रकारले दुरुपयोग
गरे, त्यसले प्रहरीभित्र खरेल र ध्रुव प्रधानबीच भयानक दूरी ल्यायो र
डरलाग्दो ग्रुपिज्म भयो। त्यसपछि गृहमन्त्रीहरूले प्रहरीका उच्च
अधिकृतहरूलाई सरकार बचाउने ढाल्ने, धन कमाउने, काममा प्रयोग गर्न थाले। यो
घटनापछि प्रहरीभित्र क्याडरिङ र व्यावसायिकता भन्ने कुरा खत्तम भयो।
गृहमन्त्रीलाई कमिसनदेखि तस्करी गरेरै भए पनि पैसा पठाई त्यो सरकार अड्याउन
प्रहरी अधिकृतिहरू बाध्य भए। काम देखाएर अगाडि बढ्न सकिन्छ भन्ने कुरा
त्यतिवेला एकादेशको कथाजस्तै भयो। सिटौलाजस्ता भ्रष्ट गृहमन्त्रीको पालो
आउन्जेलसम्म प्रहरी संगठन रक्तचन्दन तस्करलाई संरक्षण दिने र आफ्नै
कल्याणकोषबाट डार्फरमा कमसल सामान पठाई ती मन्त्रीलाई रकम बुझाउने संगठन
भइसकेको थियो। बीचमा प्रहरी संगठन विमानस्थलबाट सुन ल्याई राजनीतिक
व्यक्तिको ढुकुटी भर्ने काममा पनि दुरुपयोग हुन पुग्यो।


http://www.weeklynepal.com/newsite2/index.php?option=com_publication&task=display&view=news&id=9228

Read Full Discussion Thread for this article