Posted by: Switu November 30, 2010
Funny के गर्दा एड्स सर्छ जस्तो लाग्छ
Login in to Rate this Post:     0       ?        
एड्स सर्ने मुख्य कारण त असुरिक्षत यौनसम्पर्क नै हो । एड्सपीडित महिलाबाट जन्मिएको सन्तानमा पनि यो रोग देखा पर्छ भन्ने सुनेकी छु ।

गीता अधिकारी -नायिका)

एड्स सर्ने मुख्य कारण असुरक्षित यौनसम्पर्क नै हो नि, होइन र ? यसबाहेक निर्मलीकरण नगरिएका सिरिञ्जहरूको जथाभावी प्रयोगले पनि एड्स रोग सार्न मुख्य भूमिका निर्वाह गर्छन् ।

सुनिता दुलाल -गायिका)

-हाँसो) खै के भन्ने... भन्नै अप्ठ्यारो लाग्ने प्रश्न सोध्नुभयो । अँ...शारीरिक सम्बन्ध राख्ने क्रममा असावधानी अपनायो भने एड्स सर्छ । यौनचेतनाको अभावले पनि यो प्राणघातक रोग लाग्छ ।

सूर्य रुम्बा -गायक)

मेरो विचारमा एड्स दुईवटा कुराले सर्छ । पहिलो त जथाभावी तथा असुरक्षित यौनसम्पर्क राख्नाले । दोस्रो निर्मलीकरण नगरिएको इन्जेक्सनको जथाभावी प्रयोग ।

दीपक अधिकारी -कलाकार)

यो पनि भनिरहनुपर्छ र... जोसमा होस गुमाउँदा एड्स सर्छ नि ! अर्को शब्दमा भन्नुपर्दा कन्डम नलगाई शारीरिक सम्पर्क राख्दा एड्स सर्छ ।

विवेक पोखरेल -गायक)

Read Full Discussion Thread for this article