Posted by: fxcmnabin November 23, 2010
नेतृत्वप्रति उपाध्यक्षद्वयको चर्को आलोचना
Login in to Rate this Post:     0       ?        
लुङटार -गोरखा, मंसिर ६ -

माओवादी केन्द्रीय समितिको विस्तारित बैठक -प्लेनम) मा दुई उपाध्यक्ष मोहन
वैद्य र बाबुराम भट्टराईले नेतृत्वको चर्को आलोचना गरेका छन् ।बन्दसत्रको
पहिलो दिन सोमबार आ-आफ्ना दस्तावेजमाथि प्रकाश पार्ने क्रममा उनीहरूले
अध्यक्ष पुष्पकमल दाहालको कार्यशैली र कार्यदिशाको तीव्र आलोचना गरेका
हुन् । अध्यक्ष दाहालले मंगलबार दस्तावेज प्रस्तुत गर्ने कार्यक्रम छ ।







उपाध्यक्ष वैद्यले 'क्रान्तिप्रति नेतृत्वमा विचलन देखापरेको र पार्टीले
निर्धारण गरेका कार्यदिशा कार्यान्वयनमा नेतृत्व चुकेको' बताए । 'हामीले
अघि बढाएर नेतृत्वसम्म पुर्‍यायांै तर नेतृत्वले शरीरको बोसो बढाउने
काममात्र गर्‍यो । त्यसैले अब बोसो घटाऔं, क्रान्ति अघि बढाऔं,' उनले
दाहालले प्रस्तुत गरेको दस्तावेजको धार स्पष्ट नभएको समेत बताए । for other information here

www.[Disallowed String for - excessive promotion].com
Read Full Discussion Thread for this article