Posted by: subrath November 19, 2010
आज म हराएँ आफ्नै देशमा
Login in to Rate this Post:     1       ?         Liked by

जदौ!
देश-दर्शन गरि फर्कदै गर्दा; पाक्दै अनि पस्क्दै छुँ केहि खुराक पारखीका माझ।


देश-दर्शन


कतै केही ज्ञान पाईन्छ कि!
कतै घर्तीका अर्ती भेटिन्छ कि!
यही ईच्छामा देश-दर्शन गर्न आएँ
कुनै कुनामा आफ्नो अस्तित्व पाएँ।

देश देख्न आएँ
यहाँ आफै हराएको पाएँ
आँखाका पवित्रताका लागि डुले
देशबासीका हालतमा रन्भुल्ल परे।

आध्यात्मिक उर्जा खोज्दै छुँ
के गर्न सक्छु! सोच्दै छुँ
जान्ने,बुझ्ने अनि बुझ्पचाउने देख्छुँ
अचम्म लाग्छ किन देशका लागि सोच्छुँ।

फलामका चिउरा चपाउन जान्दिन
अभाव अनि भाव छ,अरु देख्दिन
देश-दर्शनमा के रहेछ ज्ञान
आफ्ना अस्तित्व गुमाउदै सबै छन् अन्जान।

के कति सिक्छुँ होला
थहाँ छैन यि भोलीका खहरे खोला
आत्मा यही कहि कतै डुल्दै छ
यात्रा जारी छ,दुई कदम चल्दै छ।

Read Full Discussion Thread for this article