Posted by: SimpLe_KeTa November 17, 2010
3 HAIKUs
Login in to Rate this Post:     0       ?        
हाईकुको एउटा बैनि [ यो हाईकु होईन ] :

काठमाण्डू  [ मेरो नजरमा ]

अंधेरो कोठा, उत्तेजक संगित, चुरोटको धुंवा
कामुक तरुनि, रक्सिको गिलास
मात्तेको मान्छे

छातिको पिडा,  रक्त रंजित, भाँचेको खुट्टा
भावुक मारुनि, युद्द विराम
आँत्तेको मान्छे

गाडिको धुंवा, हावा दुशित,  खाँदेको डब्बा
चालक बेहोसि,  नमिलेको हिसाब
भागेको मान्छे

04-Sep-10 08:57 PM

ब्याख्या [ एउटा भर्सन ] :
खै के हो के हो काठमाण्डु ?


अंधेरो कोठामा उत्तेजक संगित सँगै चुरोटको धुंवा होकि काठमाण्डु ? या कामुक तरुनि सँग रक्सिको गिलास लिएको मात्तेको मान्छे नै हो काठमाण्डु ?

छातिको पिडा सँगै रक्त रंजित भाँचेको खुट्टा होकि काठमाण्डु ? या भावुक मारुनि सँग युद्द विराम भएर आँत्तेको मान्छे नै हो काठमाण्डु ?

गाडिको धुंवाले हावा दुशित  भएर खाँदेको डब्बा होकि काठमाण्डु ? या चालक बेहोसि सँग हिसाब नमिलेर भागेको मान्छे नै हो काठमाण्डु ?

खै के हो के हो
काठमाण्डु ?

या हो मात्तेको मान्छे नै काठमाण्डु ?
या हो  आँत्तेको मान्छे नै काठमाण्डु ?
या हो भागेको मान्छे  नै काठमाण्डु ?

खै के हो के हो काठमाण्डु ?



बाई 
Last edited: 17-Nov-10 01:49 PM
Read Full Discussion Thread for this article