Posted by: Geology Tiger November 7, 2010
जात, भाषा र धर्म का नाम मा राजनीति गर्ने हरुका लागि
Login in to Rate this Post:     0       ?        

टिएमस यो बहसलाई जारी राखेकोमा अहिले म धन्यवाद मात्र दिन्छु। भन्न र लेख्न मनलागेका कुराहरु मनमा धेरै नै छन्, समयले साथ दिए पछि आफ्ना विचारहरु प्रकट गर्ने नै छु। जातीय र वर्गीय उन्मुक्तीको नाउँमा आफ्नो स्वार्थ पुरा गर्नको लागि सिमित नेताहरुले विभिन्न जात र धर्म मान्ने नेपालीहरुमा आफू भन्दा फरक जात र धर्म मान्ने नेपालीहरुप्रती घ्रिणा रुपी बिषको बिरुवा हुर्काइरहेका छन् जुन कालान्तरमा गएर उनीहरुकै लागि पनि प्रत्युपादक हुनेछ। हामी मध्य कतिले नबुझेको, कतिले बुझेर पनि बुझ पचाएको र कतिले बुझ्नै नचाहेको सत्य के हो भने आम नेपालीहरुको सबभन्दा ठुलो समस्या गरीबी केही हदसम्म जातीय विभेदसँग सम्बन्धित भए पनि आफ्नै बिशिष्ट प्रकृति भएको छुट्टै समस्या हो।


नेपालमा जातीय विभेद अन्त्य गर्नु त आवश्यक छ तर जातीय नेताहरुले के बुझेका छैनन् भने फरक जात र धर्म मान्नेहरु प्रति घ्रिणा उमारेर आम नेपालीको गरीबीको समस्या समाप्त हुनेवाला छैन। यसले अरु समस्या निम्त्याउने छ।


यहाँ कतिपयलाई लाग्छ यस्ता बिषयमा बोल्नु भन्दा नबोल्नु बेश हो, जो बोल्छ त्यो जातीय मानसिकताले ग्रस्त छ। तर म भन्छु नेपालमा जातीय विभेदलाई निमट्यान्न पार्ने कुरामा त मेरो पूरा समर्थन र सहयोग छँदै छ तर म लगभग लगभग नेपाली समाजबाट उखेलिन लागेको जातीय विभेदलाई अन्त्य गर्ने नाउँमा बिस्तार हुँदै गरेको नयाँ जातिय विभेदको पनि विरोध गर्नु पर्छ भन्ने मान्यता राख्छु, यसलाई फैलनबाट रोक्नु पर्छ भन्ने मान्यता राख्छु। अब यसलाई कसरी लिनुहुन्छ त्यो यहाँहरु जस्तो बुद्दीजिवीहरुकै जिम्मा......      

Read Full Discussion Thread for this article