Posted by: timi_mero_sathi November 7, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     0       ?        
बाहुनबाद, यो बाद, त्यो बाद का जन्म दाता, परिभासा कर्ता हरु, को बिस्लेसन हेर्दा के लाग्छ भने तिनी हरुमा अध्ययन को कमि, समाज को विकास क्रम को कम बुझाई , मानबिये स्वभाब को  गलत बुझाई भएको जस्तो लाग्छ, आनी अलि  अलि  कुरा के बुझ्यो हुट्टी टयेउ   ले आकास  थाम्न खोज्या जस्तो मात्र हो
मार्क्सबाद, लेनिनबाद का जन्म दाता हरुले आन्त्य मा शोभियेत रुस को सत्यनास गर्न सफल भए  (जनताको नाम मा) माओबाद का जन्मदाता ले झन्डै चाइना   को सत्यनास गर्न लाग्या थे (त्यो पनि जनता कै नाम मा). नेपाल मार्क्सबाद र लेनिनबाद बाट त बच्यो  तर माओबाद ले झन्डै डुबाको  थ्यो
अहिले पनि ढुक ढुकी मात्र बाकी छ
अब  आहिले फेरी बाहुनबाद, यो बाद, त्यो बाद को नाममा नया औतारी हरुको जन्म भाको  छ तिनीहरु ले कहाँ पुर्याउने हुन् नेपाल लाइ
साथि हरु, दुस्मन संग युध्हा गर्न सजिलो हुन्छ तर मित्र संग युध्हा गर्न ज्यादै गारो हुन्छ, अरुको मान जित्न सजिलो हुन्छ तर  आफ्नो मान नियेंत्रण गर्न गारो हुन्छ ( आफ्नो मन नियेंत्रण गर्न सके बुध्हा हुन सजिलो हुन्थ्यो )  
माओबादी मा लगेर आरु लै मर्न काट्न खोज्ने हरु अहिले क्यांतोंमेंट मा बसिराका छन् नेतृत्त दिने हरु रेखा संग नाच्दै, सुकिला मुकिला भन्दै तारे होटेल को चिकेन  खाएर   झुसिला डकार डकारी रहेका छन्

यो देखेर हामी साधारण नेपाली हरु ले चेत्न पर्ने हो र यो बाद को अविस्कार गर्ने र तेस्को नेतृत्त गर्ने संग परै भाग्न पर्ने हो तर के गर्नु यो मन नै हो , नियेंत्रण गर्न गारो  हुन्छ,
लुतो  कन्याएर सन्चो मान्न खोज्ने हरु लै मा के   भानुम? तै पनि,  लुतो कन्याएर  सन्चो  हुन्न  साथी तेस्ले त बरु रगत पक्च्या पार्छा
धर्म को नाम मा, जाति  को नाम मा, भाषा को नाम मा, रंगको नाम मा नेतृत्त लिन खोज्ने हरु ले बिगारेका छन्, बनाएका छैनन् तैपनि मान्छे हरु पछी लागि रहेकै छन्, देख्दा अचम्म लाग्छ , कम पढे लेखे का त लौ बुझेनन्  भानुम, बढी पढे लेखेका हरु पनि पछी लाग्या देखेर रुनै मन लाग्छ , कुरा बुझेर पछि लाग्या हुन् कि बुझ पचाएर पछि लाग्या हुन् केहि थाहा भएन

जाति, धर्म, भाषा को नाम का  बाद  को पाछि लाग्ने हरुलाई मेरो आनुरोध  छ तपैका नेता हरु पछि गएर हिरोनी संग नाचेर आरुलाई गाली गर्दै तारे होटेल को चिकेन खाएर झुसिला दकार्च्हन आनी तपैहरु चाहि  क्यन्तोंमेंट मा बस्न पर्ने दिन नआउला भन्न सकिन्न तेसकारण तेस्ता बाद को पाछि लाग्ने नलाग्ने तपाई हरु को मर्जी
म चाहि  अरुलाई गाली गर्नु भन्दा आफ्नो कमजोरी बिस्लेसन गरेर अगाडी बढी रा  छु. तपाई हरुले पनि बुझ्न  भए हुन्छ, अब नेता का पछि लाग्ने दिन गए, आफ्नो विकास आफै गर्ने हो, कानुनी मध्यम अपनाएर, कति नेता हरु को गोटी बन्न मन लाग्या तपाई हरु लाइ
बाहुनबाद को नाम मा कुनै जाति र  को को लै दोषी देखाएर जनता लै मुर्ख बनाउने हरु " ले हेर त माथि आकाश मा  चल्ला खाना चिल आयो"  भनेर सोजो  गाउले लाइ लै आकाश मा हेर्न लगाएर तल आफुले कुखुरा  चोर्ने चलाखी मात्र हो , कस्तो नबुझ्या

हुन त नेपालमा पिछलग्गु हरुको कमि छैन  प्रचण्ड ले माओबाद को सपना देखाएर देस बर्बाद पार्यो , काम चाहि  फुटी कौडी केहि गर्न सक्ने होइन रेछ
अब   अरु  भतुवा हरुले बाहुनबाद को सपना देखाएर कति लाइ  बर्बाद पर्ने हुन्

मलाई चाहि  लाग्दैन बाहुनबाद साहुनबाद भन्ने कुरा छ,  यो त अरुलाई सपना बाढेर  आफु मोज गर्न खोज्ने मान्छे हरु को चतुर्यिए मात्र हो, अब तपाई हरु  अरुले बाढेको  सपना मा रमौना चाहनु हुन्छ भने कसले रोक्ने?
तेस्ता सपना बाढ्ने हरु केहि को नाम लिन चाहन्छु यहाँ,
प्रचण्ड, मर्ल्क्स, लेनिन, माओ, साइबाबा लगाएत का थुप्रै बाबा हरु, इरान को खुमेनी , बिन लादेन ( बम पड्काउने बित्तिक तैले आफ्नो लागि स्वर्ग को ढोका खुलेको देख्ने छस र त्यहाँ १६ जना कुमारी तरुनी हरु संग मोज गर्न पौछास भनेर सोजा साजा मान्छे लै फसाउने) , चर्च का Father   हरु जसले pedophile  बनेर दुस्ट्यै   गरे .
धार्मिक र राजनीतिक जुम्रा हरुले नेपाली जनता लाइ चुसी रहेका छन् अब  बाहुनबाद को नाम मा नया नया जुम्रा हरु जन्मिन थालेका छन्. तेस्ता अबसरबादी हरुको पछि लाग्ने हरुमाथि पो मलाई दया माया लाग्छा

यो त्यान्द्रो सुरु गर्ने GT  लै धन्यवाद, मैले आफ्नो मन मा लागेको कुरा राख्ने मौका पाए
मेरो विचार सुनेर गाली गर्न मन लागे गरे हुन्छ आखिर जान्ने लै श्रीखण्ड, नजान्ने लै खुर्पा को बिड न हो

Last edited: 07-Nov-10 12:48 PM
Last edited: 07-Nov-10 12:55 PM
Read Full Discussion Thread for this article