Posted by: 8848m November 5, 2010
नेपाली कलाकारको अमेरिकामा मृत्यु
Login in to Rate this Post:     0       ?        

www.ekantipur.com

काठमाडौ, कार्तिक १९ - चलचित्र कलाकार तथा व्यवसायी राम नगरकोटीको पेन्सलभेनिया राज्यको पेन स्टेटमा निधन भएको छ । ४५ वर्षीय नगरकोटीले अमेरिकामा बनेको नेपाली चलचित्र इष्टमित्रमा सहनायकको भुमिका निर्वाह गरेका थिए ।

उनी अविवाहित थिए । नगरकोटीको बिहिबार अन्तिम संस्कार गरियो ।

अक्टोबर ३१ देखि सम्पर्कविहिन नगरकोटीको शव आफ्नै कोठामा कम्प्युटर अगाडि नोभेमबर १ मा भेटिएको थियो । स्थानीय अस्पतालका अनुसार शव भेटिनु २४ घन्टाअघि नै उनको निधन भएको हो । प्रारम्भिक परिक्षणअनुसार प्राकृतिक ढंगबाटै निधन भएको जनाइएको छ । चिकित्सक भन्छन्- हृदयघात भएको हो ।

सन् १९९५ मा अमेरिका आएका नगरकोटीले लामो समय न्युयोर्क बसे । केही वर्ष अगाडिदेखिमात्र पेन्सलभानिया राज्यमा आफ्नै व्यापार व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

विशेषत: बाँसुरी बादनमा पोख्त नगरकोटीले न्युयोर्क, डिसी र बोस्टनमा भएका कार्यक्रमहरुमा आफ्नो कला प्रदर्शन गरेका थिए । नेपाल र नेपालीलाई चिनाउने तथा नेपाली समुदायलाई उजिल्याउनेतर्फ विशेष योगदान दिएवापत उनलाई न्युयोर्कस्थित एक साउथ एशियन संस्थाले न्युयोर्कका मेयरमार्फत सम्मान प्रदान गरेको थियो ।

अर्का नेपाली घाइते

भर्जिनियामा भएको सडक दुर्घटनामा घाइते भएका नरेश बडुको अवस्था चिन्ताजनक छ । उनीलाई माउन्ट फेयरफेक्स अस्पताल, अलेक्जान्ड्रिया, भर्जिनियामा राखिएको छ । उनलाई आर्थिक सहयोग गर्न अमेरिकाको नेपाली समुदाय जुटेको छ ।

गत अक्टोबर १२ मा ग्लेब रोडमा काट्दा घाइते भएका बडु डिभी परेर सन् २००८ डिसेम्बरमा अमेरिका आएका हुन् । उनको परिवारमा श्रीमती गीता र १५ महिनाको छोरा छन् । 

प्रकाशित मिति: २०६७ कार्तिक १९ १०:३५

Read Full Discussion Thread for this article