Posted by: nakkali keti October 24, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     0       ?        
कुनै पनि नकरात्मक सोचलाई एउटा जाती बिशेषमा थुपारेर तेस्को बिरोध गर्दै हिंड्नु भनेको अर्काको पछाडी पुच्छर झुन्ड्याइदिएर उस्लाई "बाँदर! बाँदर!" भन्दै खेदाउनु जस्तै हो। त्यस्ले बिरोध गर्नेको सामाजिक चिन्तनको गहिराइलाई
भन्दा पनि उस्को ब्यक्तिगत स्वार्थलाई नग्याउँछ।

जसरी हामी मान्छेको सोच perfect छैन त्यस्तै हामीले नै बनाएको समाज पनि perfect छैन। उत्कृष्ट समाज वा देशको अबधारणा भनेको
relative हो absolute हैन। विश्वको सबैभन्दा बिकशित देशमा त अझै रङ बिभेद बाँकी छ भने हाम्रो जस्तो देशमा जातियताको आधारमा बिभेद हुनु नौलो कुरा हैन। नौलो कुरा हैन भन्दैमा यो सही हो भन्न खोजेको हैन, यस्को सही पहिचान गरेर समाधान खोज्नु पर्छ तर समाधान क्रमिक हुन्छ।

"हजारौ नेपालीहरुलाई झुटो सपना बाडेर,  हजारौ नेपालीहरुको रगतको खोलो बगाएर, सिमित केही नेताहरुलाई शासनसत्तामा पुर्याउन चलाइएको दशकौ लामो माओवादी पार्टीको कथित जनयुद्दको एउटा मात्र राम्रो पक्ष भनेको यसले नेपाली जनताको राजनैतीक र सामाजिक सोचको स्तरलाई ह्वात्तै बढाइदियो ।" एकदम सही कुरा हो तर सोच हुनु आँफैमा पर्याप्त छैन, त्यो सोचले निकास पनि पाउनु पर्छ। आफ्नो क्षमताको बारेमा थाहा पाएका तर त्यस्लाई प्रदर्शन गर्ने अवसर नपाएका मान्छेहरु आफ्नो क्षमताको बारेमा ज्ञान नै नभएका मान्छे भन्दा धेरै खतरनाक हुन्छन। सानो भन्दा सानो फिलुङोले उनिहरुलाई बिस्फोट गराउन सक्छ। त्यसैले त्यस्ता मान्छेहरुलाई अल्मल्याइ राख्नु पर्छ। अहिले हाम्रा नेताहरुले (राजनितिक पार्टीका मात्रै हैनन) बिभिन्न मुद्दा निकालेर त्यस्ता मान्छेहरुलाई अल्मल्याइ राखेका छन, ति मध्ये जातिय आधारमा संघिय राज्यको स्थापना पनि एउटा हो। फेरी उता हाम्रो मित्र राष्ट्र भारतले पनि त्यो कामलाई बिशेस सहयोग गरेकै छ। नगरोस पनि किन? नेपाललाई भौतिक रुप भारत बनाएर संसारको आँखामा तारो हुनु भन्दा बरु नेपाललाई जात जातिको नाममा बिभाजन गराएर कमजोर बनाउने अनी आफ्नो पकड दरो पार्ने। सरकार नेपालको तर शासन उनिहरुको। हामी नेपालीको अन्त जाने ठाउँ छैन भन्ने कुरा बरु हामीले नै बेला बेलामा बिर्सिन्छौ तर भरातले भने राम्रैसँग सम्झीराखेको छ। त्यसैले हाम्रो मुख्य समस्या जातिय असमानता जस्तो देखिए वा देखाइएता पनि खास चैं आर्थिक असमानता हो र समाधान पनि त्यही अनुरुप हुनु पर्छ। अब आर्थिक समानता कसरी ल्याउने भन्ने कुरा गर्न थाल्दा मुल बिषय अल्मलिएला। संछेपमा मैले भन्न खोजेको कुरा के भने हाम्रो देशमा अहिले जातियताको बिषयले चाइने भन्दा बढी चर्चा पाइ रहेको छ जस्ले गर्दा अरु महत्पूर्ण समस्याहरु ओझेलमा परेका छन।
Last edited: 24-Oct-10 03:26 PM
Read Full Discussion Thread for this article