Posted by: Geology Tiger October 23, 2010
बाहुनवादका व्याख्याताहरुलाई मेरो प्रश्न
Login in to Rate this Post:     0       ?        

मित्र काइलो,


माफ गर्नु होला, मैले तपाईंले जति समाजशास्त्रको अध्ययन गरेको पनि छैन र तपाईंले जति लेख प्रकाशित गरेको पनि छैन। अनि मैले आफूलाई लाटो देशको गाडो तन्नेरी हुँ भनेर अनुभूति गरेको पनि छैन। म त यहाँहरु जस्तो बाठो समाजशास्त्रीहरु बिचको एउटा लाटो मात्र हुँ जो एउटा खराब प्रव्रिती जुन कुनै पनि जातीका व्यक्तिहरुमा हुनसक्छ त्यसलाई मात्र अनि मात्र बाहुन जातीसँग लगेर जोडेकोमा आफ्नो लाटो रिस पोखिरहेको छ। मैले 'बाहुनबाद'लाई आफ्नै ढंगले परिभाषित गर्न खोजेको पनि छैन। मलाई त यस शब्दको अस्तित्वनै चित्त बुझेको छैन। यो सरासर जातिय विभेदले ग्रसित शब्द हो। नेपाली भाषा भण्डारमा हामी अनगिन्ती यस्ता उखान, टुक्का र शब्दावलीहरु पनि पाउँछौ  जुन कुनै जाती, भाषा, धर्म र लिङलाई होच्याउने खालका हुन्छन्। मैले कता हो 'उखेल्नु पर्ने उखानहरु' भनेर पढेको थिए, जसमा लेखकले त्यस्ता विभेदकारी उखानहरुलाई उखेल्नुपर्छ भन्ने प्रसँग उल्लेख गर्नु भएको थियो। यो 'बाहुनबाद' भन्ने शब्द पनि त्यस्तै उखेल्नुपर्ने शब्द हो।


तर मित्रले भन्नुभयो कि यहाँले पनि यसलाई थुप्रै पटक परिभाषित गर्नुभएको छ। कृपया यहाँको परिभाषा पनि थाहा पाउन पाएको भए अझ राम्रो हुन्थ्यो, कतै यहाँले यसलाई राम्रो अर्थमा व्याख्या गर्नुभएको छ कि?  
   

Read Full Discussion Thread for this article