Posted by: amitraja October 23, 2010
जिन्दगी लाई मैले निहालेर हेरे
Login in to Rate this Post:     0       ?        
जिन्दगी लाई मैले निहालेर हेरे  

जिन्दगी लाई मैले निहालेर हेरे  
 कहीले होश हराएर  हेरे
कहीले होश सम्हालेर हेरे 
 
पिडा लाई मैले निहालेर हेरे
  कहीले आँशु लुकाएर हेरे
कहीले आँशु खसालेर हेरे 
 
प्रेम लाई मैले निहालेर हेरे
  कहीले हृदय चिस्याएर हेरे 
कहीले हृदय पगालेर हेरे 

बर्तमान लाई मैले निहालेर हेरे
 कहीले अतित पल्टाएर हेरे 
कहीले भविस्य सजाएर हेरे     

जिन्दगी लाई मैले निहालेर हेरे  
 कहीले होश हराएर  हेरे
कहीले होश सम्हालेर हेरे 

Read Full Discussion Thread for this article