Posted by: crazy_love October 15, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-७


एक मनले निक्किलाइ बोलाउन मन लाग्यो अर्को मनले भैगो एक छिन हेरु न के के गर्दि रैछ भन्ने भयो। म घरि ढोकाबाट चिहाँउथी, घरि सोफामा बसेर के भन्छे भनेर सुन्न खोज्थे। त्यति बेला सम्म पनि उसले मलाइ हेरिन, वा भनौँ देख्दै देखिन। उ घरि एउटा लुगा झिक्थी अनि त्यस्लाइ जिउमा राखेर हेर्थी, नाक खुम्च्याँउथी, घरि "छ्या, छ्या" भन्थी। घरि अर्को लुगा पट्टाउथी, फेरि त्यसलाइ झिकेर हेर्थी।


"प्लिज, तिमी नै भन त कुन रङ सुहाँउछ मलाइ?" अचानक सोधेको सुनेर मैले मुख खोलेको मात्र के थिए फेरि उसैले भनी।


"नक्कली, त्यति भन्न नि के गार्हो?"
मलाइ रिस उठ्यो, मै सङ सोध्ने अनि मैले केहि भन्न नपाँउदै उल्टो मलाइ के के नाम राख्ने। आज निक्कि किन मलाइ जिस्काँउदैछे? म पनि जुरुक्क उठेर निक्किको कोठातिर लागे, ढोकामा मेरो पाइला अनायास ठोक्कियो।


"ऐया आमा!" निक्किले मलाइ हेरिन।


"किन आज चुपचाप नि?" उसलाइ म आएको थाहा रैछ।


"म आएको थाहा छ तिमीलाइ?"


"ढोका खोलेको सुनेको थिए।" निक्किले बल्ल हेरी मलाइ।


"ढोका खोलेर अरु कोहि आएको भए नि?" मैले संभाबनाहरु राखेँ।


"कथामा जस्तो नाटकहरु साँच्चिकै जिन्दगीमा हुँदैन। कोहि किन आओस् यहाँ बिना कारण।" उसको कुरा ठिकै हो जस्तो लाग्यो।


"अनि को सङ कुरा गरिरहेकी त अघिदेखि?" मलाइ कौतुहुलता थियो।


"आफैसित!" निक्किले छिट्टै उत्तर दिइ।


"त्यस्तो पनि हुन्छ र?" मलाइ पत्यार लागेन।


"किन हुँदैन? हामी भित्र हामीभित्रकै स्वरहरु प्रतिध्वनि भएर गुन्जिन्छन् नि कहिलेकहिँ।" उ बिचारक जस्तो पारामा भनिरहेकी थी।


"तिमी सधैँ त्यो आवाजहरु सुन्छौ?" मैले आफुले कहिले सुने भन्ने सोचे।


"निरन्तर सुन्छु, प्रत्येक क्षण सुन्छु।" उसले सामान्य रुपमा भनी।


"तिनीहरुले के के भन्छन्?" मलाइ अरु सोध्न मन लाग्यो।


"सेन्सर हुने - नहुने सबै कुराहरु।" उसको मुहारमा कुटिल मुस्कान नाच्यो।


"तिमी तिनीहरुको बिस्वाश गर्छौ?"


"कुरा बिश्वाश र अबिश्वाशको हैन, त्यो आफ्नै मन हो। जे सोच्छौ त्यहि सुन्छौ।" निक्किलाइ धेरै अनुभब रहेछ मन बारे, आवाजहरु बारे।


"अहिले तिमीभित्रको आवाजले के भनिरहेको छ?" मलाइ झन झन बुझ्न मन लाग्यो।


"आफुभित्रको आवाज सुन्न नसक्ने मान्छेसङ नबोलेकै राम्रो भनेको छ।" म प्रति ब्यंग गरेर निक्कि किचेनतिर लागि।


केहि बेर पछि स्थिति सामान्य भएको ठानेर मैले फेरि कुरा शुरु गरेँ।


"निक्कि, कहिले कहि मलाइ लाग्छ, म मा डिप्रेशन छ।" उस्ले मलाइ हेरी मात्र केहि भनिन।


 "तर मलाइ आफ्नो नाडि काट्न मन लाग्दैन।" मैले फेरि भने।


तरकारी पकाउन प्याज काटिरहेकी निक्कि अचानक रोक्किइ र छुरीलाइ हेर्न थाली। हाम्रो किचेनको  छुरी त्यति धारिलो थिएन, अलि भुत्ते भइसकेको थियो। शायद नाडी काट्न सकिदैनथ्यो, उसलाइ पनि त्यस्तै लाग्यो अनि फेरि प्याज काट्न लागि।


"अलि अलि डिप्रेशन सबैलाइ हुन्छ, त्यो हुनु सामान्य कुरा हो।" निक्कि प्याज पखाल्न थाली।


"त्यही त भनेको! डिप्रेशन हुँदैमा नाडी काट्नै पर्छ भन्ने के छ?" म सारालाइ सम्झिदै थिँए।


"त्यस्तो गर्नेहरु कायर हुन्। अलिकति हिम्मत नगरी जिन्दगीलाइ कसरी धकेल्न सकिन्छ र?" निक्किले गहिरो कुरा भनी।


"जे परेपनि जस्तो समस्या आएपनि जिन्दगीलाइ घच्याड्नै पर्छ है? अरु उपाय छैन।" मैले निक्किको कुरालाइ सपोर्ट गर्दै भने।


तरकारी ओइरी सकेपछि हात पुच्छ्दै निक्किले सोधी "हैन, आज तिमी किन सन्कि सन्कि कुराहरु गर्दैछौ हँ?"


मैले साराको कहानी सबै निक्किलाइ बताँए। निक्कि केहि बेर सोचमग्न भइ।


"साँच्चै उसको ठाँउमा तिमी भएको भए के गर्थ्यौ हँ?" उसले अचानक सोधी मलाइ।


पहिला त मलाइ निक्किको अनुहारको भाब देखेर अचम्म लाग्यो, उ त्यो प्रश्न सिरियस भएर सोध्दैथी। त्यसपछि मैले पनि साराको ठाउमा आफुलाइ राखेर हेरेँ, मन आतियो। डर लाग्न थाल्यो, चिसो पानी पिएँ।


"जे होश् म चाहि नाडी काट्दिनथेँ।" निक्कि तरकारी चलाउदैथी। "किनभने--- "


"किन?" निक्किले फेरि मलाइ सोधी।


"हाम्रो छुरी धारीलो छैन।" मेरो कुरा सुनेर एकछिन छक्क परी, पछि कुरा बुझेर हाँस्न थाली।


"निक्कि, साँच्चै तिम्रो भित्रको आवाजले अहिले के भन्दैछ? भन न।" निक्किको मुड देखेर मैले मौकामा सोधी हाले।


"अहिले--"


"हो अहिले-" निक्किको उत्तरको प्रतिक्षामा बसे म।



"अहिले चाहि साझाको सम्पूर्ण साथीहरुलाइ बिजया दशमीको हार्दिक शुभकामना देउ भन्दैछ।"


"ल, है!  सबै साथीहरुलाइ निक्कि र मेरो तर्फबाट बिजया दशमीको हार्दिक शुभकामना।"


क्रमश:


 



 

Read Full Discussion Thread for this article