Posted by: crazy_love October 13, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-६


लुइस बँगैचाको एउटा कुना देखि अर्को "कुनासम्म भाग्यो, उसलाइ स्टाफहरुले औषधी मात्र खाने हो त्यसपछि फेरि यही आउ" भनेर फकाए। उ मान्दै मानेन। "औषधीले मलाइ रातभरि तर्साँउछ"।  भन्दै झन भाग्न थाल्यो। १०-१५ मिनेट सम्म पनि यो क्रम जारी रहेपछि लुइसलाइ ७-८ जना स्टाफहरु मिलेर समाते। वार्डमा ल्याएपछि नर्सले सुइ दि। त्यसपछि लुइस एकछिन सम्म आफै कुरा गर्दै थियो। पछि उँघ्न थाल्यो। बिचरा औषधी उसको लागि जीबनभरिको लागि अपरिहार्य छ, तर उ त्यसैलाइ मन पराउदैन। यही हो जीबनको बास्तबिकता, जे मन पर्दैन त्यही गर्नु पर्ने बाध्यता।


वार्डमा मैले त्यो नाडी काट्ने केटि देखे, नजिकबाट हेर्दा उ छिमेकी मुलुकबाट आएकी हो भन्ने कुरा उसको नाक,  नक्सा र छालाको रङले बताँउथ्यो। उ त्यहा कसैसङ पनि बोलेकी थिइन। एक्लै नै बसिरहेकी थी। मलाइ उसको नजिक गएर बोल्ने इच्छा लाग्यो। मैले उसलाइ आफ्नो परिचय दिए र नाम सोधेँ। उसले आफ्नो नाम "सारा" बताइ। जे सोध्थे छोटो उत्तर दिन्थी। मैले एकैचोटि तिमी यहा किन आएको भनेर सोध्न सकिन। पहिले नै उ उदाश थी, उसलाइ अरु दुखी बनाउन मन लागेन।  उसको अङ्रेजीमा पनि हिन्दिको एक्सेन्ट चाहि अझै आउदो रहेछ।


सारादेखि अलि कुनामा एउटा अर्को एउटा युबक थियो, गोरो र लामो तर कर्ली कर्ली कपाल भएको। चस्मा लाएको, हेर्दाखेरि कलेज पढ्ने बिध्यार्थी जस्तो भर्खर्को, २०-२२ बर्षको हुनु पर्छ। उसले पहिला मलाइ हेर्‍यो, तर बोलेन। मैले उसलाइ सारासङ कुरा गर्दा देखि नै याद गरिरहेको थिँए। बेला बेलामा उसले घाँटिबाट अनौठो स्वर निकाल्थ्यो, एक्दम धोद्रो, कुनै जनावरको जस्तो, फेरि एक्छिनसम्म चुप लाग्थ्यो। शायद मेरो नयाँ अनुहार देखेर होला, उसलाइ पनि म को होला भन्ने कौतुहुलता लागेको हुनु पर्छ, उ म सङ बोल्न खोजेको जस्तो लाग्यो। म उसङ कुरा शुरु गर्ने केहि "बिषय" सोच्दैथें, उ मेरो नजिक आएर एक्दमै सानो स्वरमा बोल्यो।


"तपाइलाइ थाहा छ यहाँबाट कसरी बाहीर जान सकिन्छ?"


"बाहिर मतलब?" मैले बुझिन।


"म बाट ठुलो भुल भयो। मेरो साथी ढलभित्र मर्न जान्छु भनेर पस्यो, म उसलाइ बचाउन उसको पछि पछि गएँ। धेरै गहिरो फोहोरको ढलमा पुगेपछि डर लागेर मैले ९११ फोन गरेँ र पुलिसहरुले मलाइ यो अस्पतालमा ल्याएर छोडे। अहिले मलाइ पछुतो लागिरहेछ। मेरो बाहिर थुप्रै काम छ तर मलाइ यहाँबाट जानै दिन्नन्।"


"अनि तपाइको साथी नि?" मलाइ उसको साथीको चिन्ता पो लाग्यो।


"उ ढलभित्र कतै बगेर गयो होला। मैले उसलाइ बचाउन सकिन।" उसलाइ आफ्नो साथी मरिसक्यो भन्ने डर पनि थियो।


"तपाइले यो सबै कुरा यहाँको डक्टरलाइ भन्नु भएन?" मैले सोधेँ।


"भनेपनि मेरो कुरा पत्याउने को? डक्टर र पुलिसहरु भन्छन्, त्यो मेरो भ्रम मात्र थियो। त्यो ढलभित्र कोहि छिरेको थिएन। उनिहरु सम्झिन्छन् मेरो मानसिक रोगको कारण त्यो मेरो साथी काल्पनिक हो र मैले हुँदै नभएको मान्छेले मदत मागेको सुने। त्यो सबै मेरो कल्पनाको उपज रे। केहि पनि बास्तबिकता हैन रे। मेरो कुरा कोहि सुन्दैनन् हेर्नुस् न।" उसले म बाट आशा गर्न खोज्यो।


मैले सरर हेरे, उसले डिस्पोजेबल लुगा लगाएको थियो, शायद ढलबाट ल्याँउदा उ पुरै फोहोरले छोपिएको हुनु पर्छ। उसलाइ ल्याउनासाथै नुहाउन लगाइयो र उसको सबै लुगा धुन लगियो। उसको लामो नङ्भित्र अझै पनि कालो कालो फोहोरहरु थियो। कुरा उसको राम्रै थियो, उ त्यस्तो बिछिप्त देखिदैन थ्यो।


"म त यहाँ नयाँ हुँ।" मैले उसलाइ प्रष्ट भने।


"तपाइलाइ चाहि के भएर ल्याएको त?" उसले मलाइ पनि बिरामी सम्झिएछ अहिले।


"ए, म त स्टाफ हुँ बिरामी हैन।" मैले त्यति भने पछि उ पर पर भयो। शायद उसलाइ मेरो कुरा बिस्वास लागेन वा उसले म बाट केहि अपेक्षा गर्न सकेन। मैले उसको फाइल पल्टाए, उसलाइ स्किजोफ्रेनिया रहेछ।  स्किजोफ्रेनिकहरु आफैभित्रको आवाजहरु सुन्छन्, कुनै कुनै आवाजले उनिहरुलाइ जे गर्नु भन्छन् त्यही गर्छन्। उनिहरुको लागि ती आवाजहरु बास्तबिक हुन्छन् र कहिले कहि सामान्य मानिसले नदेख्ने कुराहरु देख्छन्। ती सबै रोगको लक्षण हुन।


घर फर्किदाँ निक्कि पहिले नैँ आइसकेकी रैछे। उ शायद केहि खोज्दैथी, क्लोजेटबाट सबै सुट्केसहरु झिकेर कोठाभरी असरल्ल फिजाइरहेकी थिइ। म आएको पनि उसले चाल पाइन कि क्या हो। उ प्रत्यक लुगा झिक्दै एकातिर फ्याक्दैथी। उसले कुन लुगा खोजेकी हो मैले अनुमान गर्न सकिन। केहिबेर म त्यतिकै सोफामा ढल्के। अलि निद्राले छोपेको जस्तो हुन लाग्यो। यति छिटै सुत्यो भने राति निद्रा लाग्दैन भनेर एक्छिन उठे। त्यति बेला सुने निक्कि कसैसङ कुरा गर्दैथी।


"यो त हुन्न होला है?" निक्किले कसलाइ सोधेको हो मैले बुझिन।


"के रे? हैन हैन, यो त्यति नराम्रो नि छैन। " फेरि पनि निक्कि कसैलाइ भनिरहेकी थी। शायद उसको कलेजको साथी आएकि हो कि जस्तो लाग्यो।


"धत् लाटी, त्यति पनि भन्न नसक्ने।" निक्कि खित्का छोडेर हाँसी। ए बाबा म आएको यत्रो बेर हुँदा पनि थाहा नपाउने। उल्टो अरुसङ गफ गरेर दङ पर्ने, किन आज निक्किले मलाइ इग्नोर गरिरहेकी छे भनेर म ढोकाबाटै भित्र चिहाए, मैले निक्कि बाहेक कोठामा कोहि देखिन।


"अब के गरुँ?" भन्दै टाउकोमा हात राखेर आफै कुरा गर्दैथी।


मेरो मनमा चिसो पस्यो, कतै निक्किलाइ पनि त्यस्तै भएको त हैन? मेरो निधारमा गाँठो पर्न थाल्यो।


क्रमश:

Last edited: 13-Oct-10 02:27 PM
Read Full Discussion Thread for this article