Posted by: do_not_remember_me October 10, 2010
Gas station ko jindagi
Login in to Rate this Post:     0       ?        
चार वर्ष मा ठाउँ परिबर्तन भयो, मान्छे को अनुहार बदलिए अनि साहु को नाम फेरियो तर जहाँ बाट सुरु गरे को थिए तेही नै छु, तेही नै गरि ऱाछु. कहिले सम्म गर्छु था छैन,तर जब सम्म सक्छु गर्छु, जवर्जस्ती गर्छु,मन नलागे पनि गर्छु र पिडा ले जति छटपट्टाये पनि गर्छु. केबल दुई वटा कारण छ . पहिले हो आशा, अनि आर्को चाई बिबसता. उपाए नभए पछि के गर्ने त. 

पढाई भन्ने हो भने मेरो पनि मास्टर्स नै हो . सकेको पनि २ वर्ष भै सक्यो. GPA पनि राम्रै छ. म मात्र होइन मैले चिनेको कम्ति मा २० जना मेरो क्लास को साथि हरु पनि तेही नै छन् र मलाई था छ येहा अरु पनि म जस्तो धेरै मानिस हरु छन् जसलाई  समय र नियति ले निस्कन दिए को छैन. TO ALL OF YOU , I DO HAVE SYMPATHY FOR YOU AND I WISH YOU GUYS GET OUT OF IT AS SOON AS POSSIBLE BUT TILL THEN ALL OF US NEED PATIENCE  .अमेरिकन हरु ले भने जस्तो ,    hang in there

यो thread मा भए को कथा मेरो मात्र होइन हामी सबै को हो. social life नहुनु, बिरामि हुदा पनि काम मा आउनु पर्ने, customer को नाना थरि को कुरा सुन्नु पर्ने, धेरै stress ले गर्दा हामी सबै लै बिचलित तुल्यौछा. तर एक चोटी सोच्ने हो भने यो जिन्दगी जहाँ गए पनि संगर्ष नै हो. नेपाल मा पनि जिउंन संगर्ष गर्नु पर्छ, दस जना मान्छे को भनाइ खानु पर्छ, अनि बल्ल पैसा को मुख देख्न पाइन्छ. आरु infrastructure हरु पनि छन् जहाँ आब हाम्रो जिन्दगि लाई आली अलि AFFECT गर्छ. यो ठाउँ मा भयो एती बसे को केहि न केहि त आसर गरि हाल्छ. AMERICA आएर म त्यो गधा भए न घर को छ न घाट को |

नेपाल नजाने नसोचे को पनि हैन, गएर बसे पनि, तर केहि कुरा मन मा छोएन, छोयोस पनि कसरि, मन जो बिरक्तिए को छ. जागिर पनि खाए, पैसा पनि आयो, तर यो पापी मन हो कि म नै साला कुत्ता हो, येह को कमाउने पैसा सोचेर केहि पनि लागेंन . एक तरिका ले सोच्दा ठिकै सोचे पनि लाग्छ. १०००० ले काठमाडौँ बस्दा कति नै सक्छ र. मोटरसाइकल, तेल , GROCERY , घर भाडा आदि  इतादायी. हुन त तेहा तेसरी बसे को मान्छे पनि छन् तर मलाई चित्त बुझेंन . depression जो छ मलाई. अरु पनि disorders छन्, औसधि पनि खाइ राछु. 

भन्ने ले मलाई नामर्द भनुन तर म के भन्छु भने मेरो मन रुन्छ, आत्मा चित्कार छ अनि भक्कानो फुटेर आउछ, केवल आसुँ झर्दैन. तर पनि म हरेक दिन उठ्छु, एउटा चुरोट बाल्छु, अनि निन्द्रै म बाहिर निस्केर आफैलाई भन्छु, ONE MORE MINUTE ONE MORE HOUR AND ONE MORE DAY


Read Full Discussion Thread for this article