Posted by: crazy_love October 8, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-५


म प्रत्यक दिनको बिहानै एउटा प्राथना गर्थेँ, त्यो दिनको चुनौतीहरुलाइ सामना गर्ने सामर्थ्य होस् भनेर। हरेक दिन फरक  हुदैनथे, तर कामको स्वरुप फरक भएकोले हरेक दिन जे पनि हुन सक्छ भन्ने मानसिकताले तयार भएर बस्नु पर्थ्यो। म नयाँ थिँए, बाताबरण नयाँ थियो। सबैलाइ एकैचोटि चिन्न गार्हो थियो। सबै मुखले राम्रो बोल्थे, कर्मचारीहरु बिभिन्न साँस्क्रितिक परिबेशबाट आएका थिए, त्यस्तै बिरामीहरु पनि। मानसिक रोगीहरुको बिगत पढ्दा दुखी बनाउथ्यो, कहिले कहि रुन्थे पनि। तर पनि काम गर्ने अठोट छोड्न भने मन लागेन। नयाँ बिरामी आँउथे, पुरानो जान्थे। यस्तै गरी अस्पतालको बेडहरु खालि हुने र भर्ने क्रम जारी थियो।


म अझै कसैको सुपरिबेक्षणमा काम गर्दै थिँए, पुरै जिम्मेबारी लिएर काम गर्ने भइसकेकी थिएन। त्यसैले धेरै टेन्सन थिएन। एकदिन यस्तै दिँउसो बिरामीहरु बङैचामा निस्केको बेलामा मलाइ पनि बाहिर निस्कन मन लाग्यो। मलाइ काम सिकाउने दिदिको अनुमति लिएर म एउटा रुखको मुनि बेन्चमा बसे। सरसर् हावा बहिरहेको थियो। चौरमा बिरामीहरु आ-आफ्नै तालमा थिए। कोहि एक्लै हातको भावले बोलीरहेका थिए। कोहि अरुसङ बोलीरहेका जस्तो देखिन्थे, तर एक्लै कुरा गरिरहेका थिए। कोही बिल्कुलै सामान्य देखिन्थे। एउटा कुनामा भर्खर १९-२० बर्षकी केटि झोक्राएर बसिरहेकी थी।यसो हेर्दा एसियन जस्तो देखिन्थी। तराइतिरकी हो कि जस्तो पनि लाग्थी। उ धेरै बेरसम्म एकै ठाउमा भुँइ कोतर्दै थी। मलाइ कौतुहुलता लाग्यो। के भयो होला यस्ती कलिली छे। बिचरी! जिबनलाइ भोग्नु अघि नै मानसिक अस्पतालमा सरेन्डर गर्दैछे आफैलाइ, मेरो मनमा उ प्रति सहानुभुति जाग्यो।


"त्यो केटि त नाडी काट्छे।" मेरो नजिकै बेन्चमा एउटा अधबैशे कालो कालो पुरुष बस्दै थियो।


"नयाँ स्टाफ हो?" उसले मलाइ सोध्यो।


मैले टाउको हलाए।


"म ज्याक हुँ" उसले म सङ हात मिलायो।


"साँच्ची त्यो केटि धेरै दुखी देखिन्छे। अघि देखि त्यही झोक्राएर बसेकी छे।" मैले उही केटितिर कुरा लगे।


"उ तिम्रै देशकी होली।" ज्याकले म कुन देशको भन्ने नसोधी भन्यो। "तिमी इन्डियन हैन?"


"हैन!" मैले छक्क पर्दै भने।


"सरी, तिमी त्यस्तै देखिन्छौ, त्यो केटि इन्डियन हो, यहा  हुर्की, न इन्डियन हुन सकी न अमेरिकन।" ज्याकले छिटो छिटो भन्यो।


"मतलब! उसको परिचय त इन्डियन नै होला नि हैन? त्यसले के फरक पर्यो र?" मलाइ अरु प्रश्न सोध्न मन लाग्यो।


"उ सानै छँदा अमेरिका आइ, स्कुल गइ, साथीहरु भेटि, उसको बुझाइमा उ अमेरिकन जस्तै स्वतन्त्र भइ, तर उसको परिवारले त्यो बुझेन, उनिहरुले उसलाइ सानै देखि बिहेको लागि कर गर्न थाले, इन्डियन केटो खोजे। त्यो उसलाइ मन परेन र नाडी काट्न थाली।" ज्याकले सबै बतायो उसको बारेमा।


"त्यो त राम्रो भएन। उसले अभिभाबकसङ कुरा गर्न सक्थी। उनिहरुलाइ बिस्वास दिलाउन सक्थी।" मैले त्यस्तै सोचे।


"उसको अभिभाबकहरु उसले अरु कोहि केटा  छान्ली र बिहे गर्ली भन्ने डरमा थिए। त्यसैले उनिहरु हतार हतार उसको बिहे गर्न चाहन्थे। तर उ पढ्न चाहन्थी, आफ्नो लागि जिबन साथी आफै खोज्न चाहन्थी। त्यो संभव थिएन।" ज्याकलाइ त्यो केटिको बारेमा सबै थाहा रहेछ।


"बिचरी! यति सानो उमेरमा अरु उपाय नदेखी नाडी काट्न थालीछ। शायद कुनै दिन उसले बैकल्पिक उपायहरु पनि भेट्टाउनेछे र जिबनको मुल्य बुझ्नेछे। उसको अभिभाबकहरुले पनि उसमाथि आफ्नो बिचार लाद्न छोड्नेछन्।" मैले त्यो केटिको सुन्दर भबिस्य बारे कल्पना गरे।


"त्यो सँभव छैन।" ज्याक हाँस्यो।


"किन?" मैले सोधेँ।


"उ पाए सम्म गाँजा खान्छे। अरु ड्रग्स् पनि। जबसम्म ती लतहरु छोड्दिन, उसले अरु कुरा स्वस्थ रुपमा सोच्न सक्दिन।" ज्याकले अरु बतायो त्यो केटिको बारेमा।


"हरे! यो ड्रगले त सारा संसारलाइ बिगारेको छ।" मलाइ झन् दुख लाग्यो त्यो केटिको बर्तमानको बारेमा।


"उ प्रत्यक २-३ महिनामा एकचोटि भर्ना हुन्छे। म सुन्दैछु, कुनै कर्मचारीसङ उसको लब पर्दैछ।" ज्याकको कुरा मलाइ पत्यार लागेन।


"के रे? त्यस्तो पनि हुन्छ र? त्यो कर्मचारीलाइ जागीर जान्छ भनेर थाहा छैन? त्यो पनि बिरामीसङ लब गर्ने।" मैले अचम्म लाग्यो।


"उ राम्री छे, स्कुल जान्छे, कर्मचारी पनि राम्रै होला। अब प्रेममा को बिरामी को स्टाफ? जे हुन्छ हुन्छ।" ज्याकको कुरा सुनेर मलाइ को कर्मचारी होला भन्ने कौतुहुलता लाग्यो। कतै ज्याक त हैन भन्ने पनि प्रश्न पनि उठ्यो।


"तपाइलाइ त यहाँको सबै बिरामीको बारेमा थाहा छ जस्तो छ। कति भयो यहा काम गर्नु भएको।" मैले ज्याकको परिचय पत्र हेर्ने कोशिश गरे, तर देखिन।


"मलाइ त बिरामी मात्र हैन, सबै स्टाफको बारेमा पनि थाहा छ।" ज्याक अरु निर्धक्क देखियो।


"मानसिक रोगीहरुको उपचार हुन सके कति राम्रो हुन्थ्यो है? प्रायको समस्या त फेरि बल्झिदो रहेछ नि हैन?" मैले ज्याकलाइ सोधे।


"हो त! औषधी खादैनन् अनि फेरि बहुलाउछन्। यदि नियमित औषधी खाने, काममा जाने गरे त राम्रै हुन्थ्यो नि। जति भने पनि मान्दैनन्।" ज्याकले मुख्य कारण औषधी सेवन नैं हो भन्ने कुरा गर्‍यो।


"ओहो! तपाइलाइ त सबै कुरा थाहा रैछ। अब त अनुभवहरुको संगालो एउटा किताब नै लेखे हुन्न र?" मैले ज्याकको बिचार बुझ्ने कोशिस गरे।


"त्यो पनि सोच्दैछु।" भन्दै ज्याक मुस्कायो।


"लुइस, लुइस! भित्र आउ त!" वार्डको ढोकाबाट कसैले बोलायो। मैले यता उता हेरे, अरु कोहि हाम्रो वरिपरि थिएनन्। कसलाइ बोलाएको होला भन्दै फेरि ढोकातर्फ हेरे। मलाइ ट्रेनिङ दिने दिदि "लुइस। ए, लुइस!" भन्दै बोलाइरहनु भएको थियो।


"लुइस लाइ भित्र पठाइदेउ त।" उहाँले मलाइ हेर्दै भन्नु भयो। मैले ज्याकलाइ हेरे, उ केहि नसुनेको झै गरेर पर पर हेर्दैथ्यो। मैले केहि बुझिन।


"लुइस, औषधी खान आउ।" भन्दै दुइजना स्टाफहरु हामीतिर आए। म झनै छक्क परेँ।


"म खाँदिन औषधी।" भन्दै ज्याक अचानक उठ्यो र पर पर दौडियो।


"लौ, म त उसलाइ यहीको कर्मचारी भन्ठानेको। उसको नाम त ज्याक भन्दैथ्यो।" मैले ती दुइ स्टाफहरुलाइ भने।


"उसलाइ त्यस्तै भ्रम छ, उ आफुलाइ "ज्याक" भन्छ र यहीको कर्मचारी ठान्छ। औषधी खाने बेलामा उ जहिले पनि यस्तै गर्छ।" भन्दै ती दुइ स्टाफ लुइसलाइ लिन गए।


मैले त्यत्रो बेर कुरा गर्दा पनि लुइस बिरामी होला भन्ने शंका पनि गर्न सकिन। प्राय म पनि आफु क्रेजी हुँ भन्ने सोच्छु,  कि यो पनि मेरो भ्रम नै हो?


क्रमश:

Last edited: 08-Oct-10 01:15 PM
Last edited: 09-Oct-10 12:38 PM
Read Full Discussion Thread for this article