Posted by: chanaa_tarkaari October 5, 2010
६ करोड भ्रस्टाचार गरी कंसाकार फरार
Login in to Rate this Post:     0       ?        
मलाइ चाइने यो समाचार कंसाकारलाइ बदनाम गराउने बदनियतबादिहरुको प्रायोजित समाचार जस्तो लाग्यो । नाथे ६ करोड को लागि कंसाकारले फरार हुने ? ६ करोड भन्या कति नै हो र? २-४ रोपनि जग्गाको भाउ पनि ६ करोड नाघ्छ होला अचेल । अरब खर्च गरी प्राइभेट मल बन्न थालिसक्यो । उस्तै परे यी कंसाकार खलकले आफ्नो पुर्खौलि सम्पत्तिबाटै ६ करोड चन्दा दिन सक्दा होलान जस्तो लाग्छ । हुन त पैसा भनेपछि महादेवको ३ नेत्र भन्छन, भ्रष्टाचार गरेको हो हैन भन्न म सक्दिन । मैले उनको परिवार सरिवार कोहि कसैलाइ चिनेको पनि छैन, उनको एउटा अन्तर्वार्ता पढेको थिएँ । त्यसैको आधारमा उनीहरु पुर्ख्यौलि धनिमानी भन्ने थाहा पाएको थिएँ ।  फेरि यो समाचार नै पनि गोलमाल छ । अख्तियारले फाइल जफत गरेको भनेर एकातिर लेख्याछ, अर्कोतिर अख्तियारकै मिलेमतो फरार गरेको रे, फेरि मन्त्री पनि मुछेको रे । अख्तियार, मन्त्री, कर्मचारी सबै मुछिएको भए त्यो फाइल जफत किन हुने ? यी पत्रुकारहरु काम छैन - जे मन लायो त्यहि लेख्छन ।
Read Full Discussion Thread for this article