Posted by: crazy_love October 3, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-४



मैले लाखौँ चोटि खोज्ने प्रयास गरेको तर दिन नसकेको उत्तर निक्किलाइ कसरी दिन सक्नु? मैले मात्र होइन सारा संसारले नभेटेको जवाफ यसबेला मैले कहाँ गएर सोध्नु? अचम्मको बाताबरण पो स्रिजना भयो एकै छिनमा। निक्किले कपि फुत्त मतिर फाली, अनि फेरि पिउन थाली। मैले कपि च्यात्न सकिन। फेरि गिलास भर्न लागेकी निक्कि देखेर आत्तिए।


"ओइ केटि! कति पिएकी?" यसो हेरे, बोतल रित्तिसकेको थियो।


"अब देखि यो कोठामा वाइन आउदैन?" मैले रिसाएर बोतल गार्बेज बिनमा फाले।


"किन?" निक्कि लट्ठ भैसकेकी थी।


"एउटा जाबो कबिताको कारण त्यति धेरै गम्भिर हुनु पर्ने जरुर नै छैन। यो सब वाइन रित्याउने बहाना हो।" मेरो कुरा सुनेर निक्कि हाँसी।


"के तिमी--?" एक्छिन सोची निक्किले अनि फेरि भनी।" के तिमी आफ्नो जिन्दगी देखि खुशी छौ? खोइ तिम्रो लक्ष्य?"


"जुन बिगतले हामीलाइ असफल र असमर्थ हुनुको पीडा बल्झाइरहन्छ, त्यसलाइ घरिघरि सम्झिनुको औचित्य के हँ? एउटा लक्ष्य पुरा भएन त के भयो? हामी अबसरहरुको देशमा छौ। जे पनि गर्न सक्छौ, जे पनि बन्न सक्छौ।" मैले आफैले आफैलाइ भन्दा पनि निक्किलाइ सम्झाउने कोशिश गरे।


"भाषण त गज्जब दियौ नि?" निक्किले मेरो कुराको हाँसो उडाइ।


"२ बर्ष पछि तिमी फार्मेसिस्ट बन्दैछौ। अब तिमीले खालि हिजो सम्झेर हुदैन, जे बित्यो, बित्यो। तिमीसङ आज छ, त्यसैलाइ लक्ष्य बनाउ।" मैले गीता सार सम्झे।


"तिमीले मेरो प्रश्नको उत्तर त अझै दिएनौ।" निक्किले के सोध्न खोजेकी मैले बुझिन।


"के तिमी खुशी छौ? तिम्रो लक्ष्य के हो?" उ  एकोहोरो मलाइ हेरीरहेकी थी।


"म प्रत्येक दिनलाइ हेर्छु। मेरो लागि कुनै दिन सुन्दर सुर्योदयले खुशी ल्याउछ भने कुनै दिन बिना कारण उदाश बनाँउछ। रह्यो कुरा लक्ष्यको, म के हुनु पर्ने हो भन्ने कुरा सोचिरहेको छु। तर यो आर्थिक मन्दि र मिसाइलको युगमा कोहि पनि सन्तुस्ट हुन सक्दैनन्। सबैलाइ दौडमा अघि पुग्ने इक्ष्या हुन्छ र सबै अगाडि पुग्न सक्दैनन्।" मैले सकेको बताए।


"तिमी अचम्मकि छौ।"


"के रे? अचम्मको रे? कसरी?" मैले प्रश्न गरे।


"तिमी सामाजिक भेटघाटमा जान रुचाउदैनौ। त्यस्तै निरर्थक कबिताहरु लेख्छौ। तिमी रङबिहिन हुँदैछौ। तिमीमा उत्साह छैन।" निक्किले अबलोकनहरुको लिस्ट बनाइ।


"मलाइ लाग्छ त्यस्तो भेटघाटहरुमा कुराको प्रसङ मिल्दैन। सबैजना कसले कति कमायो र के गर्यो भन्ने खोजिनिति गर्छन्। मलाइ त्यसमा रुचि लाग्दैन। कुराको सन्दर्भ नमिलेपछि त्यहा रमाइलो लाग्ने पनि भएन। यो एउटा अबस्था हो। म मा उत्साह जन्मिनेछ कुनै बेला र तिमीले उत्साहबर्धक कबिताहरु पढ्न पाउनेछ्यौ।" म हाँसे मात्र।


"साँच्चै आउने शनिबार एकजना नेपालीको बच्चाको जन्मदिन छ, हामी दुबैलाइ आउनु भन्नु भएको छ।" निक्किले केहि सम्झे झै गरी।


"कस्को बच्चाको जन्मदिन रे?" सोधें।


"त्यो छ नि, त्यो क्या लामो लामो अनुहार भएको दाइ क्या, नामै बिर्से।" निक्किले सम्झिन खोजि।


"लौका जस्तो अनुहार भएको हो?" मैले अनुमान लगाए।


"त्यही हो क्यारे, ममचा जस्तो दिदीको बुढा क्या त।" निक्किले भनी।


"अँ, बुझे बुझेँ, तिनिहरुको बच्चा फर्सी जस्तो हैन।" निक्कि र मेरो हाँसोको फोहोरा छुट्यो।


"हेर, हामीलाइ त अरुको नाम पनि थाहा छैन। कस्तो नराम्रो बानी!" निक्किले एकछिन पछि भनि।


"त्यही त! अब हामी पनि सामाजिक हुनु पर्‍यो। सबैलाइ नामले चिन्नु पर्‍यो।" मैले सुझाब दिए।


"मलाइ निद्रा लाग्यो। गुडनाइट" भन्दै निक्कि सुत्न गइ।


म भने त्यो ममचा जस्तो दिदीको नाम के हो भनेर सम्झिन थाले। साबित्रि, गौरी, राधा-- हैन हैन, त्यो दिदीको नाम त "म" बाट आँउछ।


क्रमश:


 


 

Last edited: 03-Oct-10 03:23 PM
Read Full Discussion Thread for this article