Posted by: Geology Tiger October 3, 2010
How long can you go without Nepali food?
Login in to Rate this Post:     1       ?         Liked by

मित्र पावररेन्जर,


यो  पाखे  भनेको  के  हो  मलाई  बताउदिउ न एक चोटि? अम्रिका  बसेर  दुईचार शब्द अङ्रेजी बोल्न र लेख्न जान्दैमा मित्र अम्रिकाने नै भैसकेको हो कि के हो? अम्रिकाको बासी बर्गर र स्यान्डविच खाँदैमा राष्ट्रियता नै परिवर्तन भयो कि के हो? गाउँघरमा बस्दैमा अथवा नेपाली र देशका अन्य राष्ट्रिय भाषाहरु बोल्दैमा र अम्रिका बसेर पनि बिहान बेलुका दालभात खाँदैमा कोही पाखे हुन्छ? मेरो बिचारमा त पाखे त्यो हो जो देशमा बसेर बिदेशीको नक्कल गर्छ अनी जो बिदेशमा बसेर देशलाई गाली गर्छ, भाषालाई गाली गर्छ, संस्कृतिलाई गाली गर्छ, खानालाई गाली गर्छ। हो तिनीहरु जम्मै पाखे हुन्। जो आफ्नो आमालाई माया गर्छ, देशलाई माया गर्छ, आफ्नो भाषा र संस्कृतिलाई माया गर्छ, आफ्नो खानालाई माया गर्छ ती त काखे हुन्। के मित्रलाई काखे र पाखे बिचको फरक थाहा छ? बिदेशी खानेकुराको स्वाद लिनु, बिदेशी संस्कृतिलाई अनुभब गर्नु नराम्रो कुरा होइन र यो हामीले गर्नु पनि पर्छ। तर त्यसो भन्दैमा अरु कोहीले बिहानबेलुकी नै दालभात खान्छ भने त्यसलाई पाखे भनेर गाली गर्नु चाँही बहुत अचम्मको कुरा हो। आखिर आफूलाई जतिसुकै सेक्सपियरको नाती सम्झे पनि नेपाली त चाहिदो नै रहेछ, होइन भने किन पाखे भन्ने शब्द प्रयोग गर्नु? होलान् नि त अङ्रेजीमा त्यस्तै केही पाखे भन्ने त्यही प्रयोग गरे भै हाल्यो नि, के पाखेले जसरी पाखे पाखे भनी रहेको?     

Read Full Discussion Thread for this article