Posted by: neerman October 1, 2010
"Nepal Manch" Radio launched from Baltimore
Login in to Rate this Post:     0       ?        

आदरणीय शुभेच्छुकहरु
नमस्ते ।
हामी बाल्टिमोरमा आधार बनाएर कार्य गरिरहेका विभिन्न क्षेत्रका केही साथीहरु मिलेर विगत केही महिनादेखि ग्लोब नेपाल डट कम -www.globenepal.com_ को प्रकाशन आरम्भ गरेका छौं । नेपालसँग सम्बन्धित समाचार र स्थानीय गतिविधिलाई प्रमुख महत्वका साथ यथाशक्य चाँडो अपडेट गर्दै हामीले सूचना र जानकारी प्रदान गर्ने प्रयास गरिरहेका छौं ।

ग्लोब नेपाल डट कम सामुहिक अवधारणाको सूचना तथा जानकारीमूलक अनलाईन खबरपत्रिका हो । यसमा लेख,रचना र सिर्जनालाई पनि हामीले समेटेका छौं । साथै बाल्टिमोर र आसपास हुने महत्वपूर्ण कार्यक्रमहरुको प्रत्यक्ष प्रसारण पनि हामीले गरिरहेका छौं ।
शुभेच्छुकज्यूहरु,

ग्लोब नेपाल डट कमको आरम्भपछि हामीले यही सेप्टेम्वर २२ तारिखदेखि परीक्षण प्रसारणको रुपमा साप्ताहिक नेपाली रेडियो कार्यक्रम नेपालमञ्च NepalManch को पनि प्रसारण आरम्भ गरेका छौं । नेपालमञ्च रेडियो कार्यक्रम बाल्टिमोरबाट प्रसारण आरम्भ भएको पहिलो नेपाली रेडियो कार्यक्रम हो । हाललाई साप्ताहिक रुपमा हरेक आइतवार ग्लोब नेपाल डट कममार्फत प्रसारण हुने यो कार्यक्रमलाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता व्यक्त गर्दछौं ।

हाम्रो कार्यक्रम सुनेर रचनात्मक सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि हामी आग्रह गर्दछौं ।

धन्यवाद ।

Read Full Discussion Thread for this article