Posted by: Narayangarh suburb September 28, 2010
मैले अब हास्न नहुने भो ?
Login in to Rate this Post:     0       ?        
मैले अब हास्न नहुने भो ?
छाती फुलाएर बाँच्न नहुने भो ?

अनबरत यात्रामा निस्केको म 
बाटाका काडा पर मिल्काये 
ति काडाले कसैलाई घोच्यो रे 
अब मैले तेस्मा टेक्दै हिंड्नु पर्ने भो?

आइ लाग्ने माथि जाइ लागे 
पछरिने हरुलाई अन्याय भयो रे 
हैन है पातकी हो 
मैले अब गाला थाप्नु मात्रै पर्ने भो? 

कसैले बेचेको मैले किनिन 
कुहिएको सुन्तलामा दाम फालिन 
म अब अबसरबादी भये रे 
अब मैले खोला म पैसो बगाउनु पर्ने भो? 

न कसैलाई कुटेको थिए 
न कसैलाई लुटेको थिए 
अब मैले सिर ठाडो गर्न नपाउने रे 
हैन मैले नजरबन्दमै जिन्दगी बिताउनु पर्ने हो? 

धोखा मलाई भएको छ, म बाट हैन 
असरल्ल जिन्दगी समेट्ने प्रयासमा छु 
मैले अब हास्न नहुने भो ?
छाती फुलाएर बाँच्न नहुने भो ?


Read Full Discussion Thread for this article