Posted by: crazy_love September 28, 2010
क्रमश:
Login in to Rate this Post:     0       ?        

भाग-२


साँझ डेरामा फर्केपछि मैले निक्किलाइ भने।
"बुझ्यौ उनिहरु त बिल्कुल सामन्य थिए हामी जस्तै।" मैले त्यो धरधरी रोएको बिरामीलाइ बाहेक गरेँ।


"ओ कमन्! तिनीहरु मानसिक बिरामी हुन। हामीहरु जस्तै भए उनिहरु किन अस्पतालमा हुन्थे? तिमी आफै भन त।" निक्किले मेरो कुरालाइ पचाउन सकिन।


"उनिहरुको कुरा गराइ हेर्दा त उनिहरु कदापि पागल होइनन् जस्तो लाग्यो मलाइ।" मैले टाउको हल्लाए।


"त्यसो भए के हामीहरु पागल र उनिहरु सद्धे त?" निक्कि झर्की।


"हैन के! त्यो कस्ले भनेको जस्तो पागलहरु सद्धे हुन्, किनभने उनिहरु आफ्नो मनको कुरालाइ नलुकाइ ब्यक्त गर्न सक्छन्। तर हामी सद्धे भनाँउदाहरु सभ्य हुने प्रयासमा शब्दको मद्दतले आफ्नो स्वतन्त्र बिचारलाइ लगाम लगाँउछौ।" मैले आफ्नै धुनमा मस्त भएर भने।


"त्यसो भए म पनि पागल?" निक्कि मेरो नजिक आएर  आँखा तर्न थाली।


"कहिले कहिँ शंकै लाग्छ?" मैले देब्रे आँखा झिम्काए। उ बल्ल हाँसी।


"मलाइ एउटा कुरा थाहा छ।" निक्किले मलाइ ब्यग्र गर्न खोजी।


"के?" मैले धैर्य गर्न सकिन।


"साझामा एउटी पागल छे, यानी पागल -प्रेमी "क्रेजि-लब"। उ चाहि साँचिकै पागल छे।" कोठा थर्किने गरी हाँसी निक्कि।


निक्किलाइ मेरो साझाको नाम कसरी थाहा भयो? मलाइ अचम्म लाग्यो। म कथा लेख्छु भन्दा उसले कहिले पत्याइन। उ कथा पढ्ने केटि पनि हैन। न त कहिले साहित्यमा रुचि राख्थी। मैले यस्तो किताबहरु पढेको देख्यो भने "कस्तो झर्को लाग्ने गरी पढेको" भन्थी। त्यो एउटा कुरा बाहेक हामीहरुको बानी उस्तै उस्तै थियो। उ पनि म जस्तै संबेदन्शील थी, मनको कुरा लुकाउन सक्दिन थी।


"तिमी उसलाइ चिन्छौ?" मैले निक्किलाइ जिस्काए।


"चिन्छु! पहिले उ अर्ध पागल थी, आजकाल पुरै पागल भएकी छे, संसारलाइ पागल देख्छे।" ब्यंग हानी।


"तिमीलाइ थाहा छ? आज मलाइ एकजना बिरामीले के सोधी?" मैले उसलाइ फेरि अस्पतालको कुरा सम्झाउने कोशिश गरेँ।


"प्लिज! अब चाहि पागललाइ सद्धे नभन है। परिभाषा नै गडबड हुन्छ, पागल र न-पागलहरु बिचको।" उसको शर्त मैले स्वीकार गरेँ।


"ल, ल! तिमी सामान्य, सद्धे र न-पागल! पहिले मेरो कुरा त सुन!" मैले अनुरोध गरें। निक्कि चुप लागी र बदाम छोडाएर खान थाली।


"त्यो बिरामीले मलाइ सोधी "तिम्रो जिबनको लक्ष्य के हो?" मैले निक्किलाइ कतिको असर पर्न थाल्यो भनेर हेरें। उ मलाइ नै छक्क परेर हेर्दै थी।


"त्यो कुन ठुलो कुरा हो? प्रत्यक मान्छेको जिबनमा लक्ष्य हुन्छ। के तिमीले उसलाइ जवाफ दिएनौ?" उसैगरी सामान्य भै उ।


"म त नाजवाफ भए। अकमक्किए। म सङ नभएको जवाफ कसरी दिन सक्थे?" मेरो कुरा बुझिन निक्किले।


"के तिम्रो जिबनमा लक्ष्य छैन?" उसको आँखामा अबिस्वासको बादलहरु थियो।


"उहिले उहिले सानि हुँदा लक्ष्य को बारेमा कुरा गरिन्थ्यो, तर त्यतिखेर लक्ष्य कसरी पुरा हुन्छ भन्ने ज्ञान थिएन। जे लाइ लक्ष्य भनिन्थ्यो, त्यो परिबर्तन् हुन्थ्यो, त्यसैले आजकाल मैले लक्ष्यको बारेमा सोच्नै भ्याएको छैन।" मैले भने।


निक्कि घोरिन थाली।


"अहिलेको परिप्रेक्ष्यमा त जिबनको लक्ष्य भनेको बाँच्नु भएको छ। आर्थिक मन्दिमा जागीर खोज्नु, सकेसम्म पाएको काम नगुमाउनु र महिनाको खर्च धान्न सक्नु, त्यही मात्र भएको छ। के बाँच्नु मात्र जिबनको लक्ष्य हो त?"


"निकै सोचनिय कुरा छ साथी! यसको लागि गम्भिर छलफल गर्न जरुरी छ। त्यसको लागी दिमागलाइ सक्रिय गर्ने तरल पदार्थ पनि।" भन्दै निक्किले फ्रिजबाट रेड वाइनको बोतल झिकि।


"तर आज त शनिबार हैन, भोली बिदा पनि छैन।" मैले पिउने परिस्थितिसम्म नपुग्ने कोशिस गरेँ।


"के फरक पर्छ? जिबनको लक्ष्य त पत्ता लगाउनै पर्छ आज।" निक्किले रेड वाइन दुइ वटा गिलासमा खन्याउन थाली।


मैले गिलासको कुन सतहसम्म रेड वाइनले ठाँउ ओगट्न सक्छ हेर्न थाँले, गिलास भरिनै लाग्यो।


क्रमश:


 



 

Read Full Discussion Thread for this article