Posted by: Rahuldai September 23, 2010
King Gyanendra Under House Arrest/Junta Government Denies Access to Religious Rights
Login in to Rate this Post:     0       ?        

मण्डले रुवाइ र नव मण्डले को गराइ दुबै ठीक थिएन। देशको तरल राजनितैक अवस्थामा माछा मार्न खोज्ने र त्यही माछा आहुती दिएर राजतन्त्र फर्काउने दिवास्वप्न देख्नेहरु हैउसिउनुका नि आधार छन । केही दिन अगाडि मात्र क्रान्तिकारी छाला ओडेका आतंकारीका सर्दारले प्रधान मन्त्री बन्नका खातिर "राज आउ, देश बचाउ "का खलनायक कमल थापाको घरैमा गएर बिन्तीभाव गरेको हैन ? अझ सास्कृतिक राजाको बारेमा सोच्न सकिने भन्ने अभिब्यक्ती दिएको हैन ? नेपाली जनमानस को स्मरण शक्ती कमजोर हुंदै गएको हो कि ?


आज तिनै ले सभा बिथोल्ने भनेर भेला भए । पूर्व कुमारीहरु को सम्मान कार्यक्रम आयोजक को हुन र तिनको उद्देश्य के थिए बुझ्नु पर्ने हो, पूर्व जिउंदा देबी र तिनका परिवारले । ज्ञाने लाई त के, दुबै हातमा लड्डु थियो । जाँदा नि फाईदा न जाँदा नि फाईदा ।



त्यो भन्दा महत्वपूर्ण कुरो चाँही सभा बिथोल्ने भने उदघोष गर्ने समूहको नैतीकता हो। परार साल मात्र यही ईन्द्रजात्रामा सरकारले दिदै आएको २० हजार रुपैया सहयोग रोकेर मितब्ययी र इमान्दार अर्थ मन्त्रीको छबी दुष्प्रयास गर्ने डा का बाबु रामका नेवार संस्करण हरु हैनन यो समूह । धर्मलाई अफिम मानी धर्म सस्क्रिती नाश गर्नेहरुको लागि ईन्द्रजात्रा फेरी महत्वपूर्ण भयो ? गजब छ बा। सक्छ भने तिनका माइबापहरुले लुकी लुकी ज्ञानेका ज्वाँई राज बहादुर, रमेश नाथ पाण्डे, ब्यापरी सुमार्गी लगायतका राजातन्त्र फर्काउने खेल खेल्नेहरु सितको सुरापान बन्द गरोस । तिनै ज्ञानेको बुइ चढी  फेरो प्रधान मन्त्री बनी हाले सबै भन्दा पहिला फूल गुच्छा लिएर बालुवाटार जाने तिनै भातमाराहरु हुने छन ।


 अस्तु!!
 

Read Full Discussion Thread for this article