Posted by: UNN September 23, 2010
King Gyanendra Under House Arrest/Junta Government Denies Access to Religious Rights
Login in to Rate this Post:     0       ?        
नेपालमा करिब ४०० बर्ष भन्दा पहिले देखी चलेको सास्कृतिक परम्परा  ईन्द्र जात्रा माथि हस्तक्षेप गरी जनताको चाहना र राजालाई समेत अघोषित नजरबन्दमा राखेको समाचारको टिका टिप्पणी प्रती हाम्रो गम्भिर ध्यान आकर्षन भएको छ।
प्रजातन्त्रको रथ हाँक्ने कथित सरकारले नागरिकको रुपमा भाग लिन खोजेका राजा र राजालाई समेल गराउन खोज्ने मन्दिर समितीका सदस्य तथा जनसमुहलाई समेत झुक्कायाएर सुरक्षा दिन नसक्ने बताएर जनताको मानब अधिकार तथा  प्रजातन्त्र कै खिल्ली उडाएकोमा हामी यो कथित सरकारको प्रती घोर निन्दा तथा खेद ब्यक्त गर्दछौ। अब मुलुक राजनैतीक अस्त ब्यस्त मात्र होइन धार्मिक गृहयुद्दमा फसाउन कथित दल , सरकार नै लागिपरेको र संबाद ,सहमती र सहकार्य भन्दा मुलुकलाई गृहयुद्द तर्फ धकेलेको छ । यसबाट हुन सक्ने परिस्थितीको जिम्मेवार पनि यही जनताको सुरक्षा दिन नसक्ने नालायक सरकार तथा दलहरु हुने चेतावनी यसै प्रेस मार्फत जारी गरेका छौ।
नेपाली जनता ले राजा लाई बोलएको तर राजा लाई नजर बन्द गरेर शोषक राष्ट्रपती आँफै ईन्द्र जात्रा मा राजा को स्थान ग्रहन गर्न खोजेको स्पस्ट देखिन्छ।  आफैले नेपाल लाई धर्म निर्पेक्छ राष्ट्र घोशित गरेको र आँफैले धर्मिक कर्ममा राजा को भूमिका खेल्ने प्रयत्न गरेको देखिन्छ।
देशमा भएको हत्या, हिंसा, अन्नाय, अत्याचार, भ्रष्टचारको अन्त्य भै देशमा शान्ती स्थापना गरी बिद्रोही माओवादीलाई राज्यको मुल धारमा ल्याई स्थाई ब्यबस्था, बिकसित र सम्बृद्धि राष्ट्रको कल्पना गरेर राजाबाट  लोकतन्त्र घोषणा गरेको हामी सबैलाई सर्ब बिबिदै छ। राजाबाट हालै सास्कृतिक - परम्परा जोगाउन मठ् मन्दिरहरुको भ्रमणको क्रममा ब्यापक जनसहभागीता देखेर आतंककारी प्रचण्ड लगायत नेताहरुबाट हिन्दूबादी तथा राष्ट्रबादीलाई धम्की दिन थालेको छ। लोकतन्त्रमा आफु हिंड्नै नपाउने , बोल्नै नपाउने, पूजा गर्नै नपाउने खालको अधर्मी बारम्बार आएको धम्की तथा दलिय तानाशाही अब सहन नसकिने र प्रजातंत्र  बिरुद्ध कृयाकलाप गर्ने र धम्की दिनेलाई कारबाही समेत गर्न नेपाली जनता स्वयमले प्रजातन्त्र को रक्छा गर्न अवहाँन गर्दछौ।
सरकारमा हुँदा पनि नहुँदा पनि दानबिय रुपले देश र जनतालाई लुटी मुलुकलाई १०० बर्ष पछी धकेलिएको, बन्दुक र धम्कीको भरमा निर्वाचन जितेको,  अनमिनलाई समेत झुटको खेती गरेर लडाकुको नाउमा जनताको पैसा लुटेको मात्र होइन हिजो कथित जनयुद्दकालमा क्रियापुत्रिलाई, शिक्षकलाई, साना-साना कलीला युबक युबतीलाई मार्ने, लाखौं जनतालाई घरबार बिहिन बनाउने, डाँका शैलीले बैंक लुट्ने, कतीका बा - आमालाई छोरा छोरी बिहिन,  छोरा - छोरीलाई टुहुरा बनाउने, हालै लडाकु क्याम्पमा भएको कती कलीला युबा युबतीहरुको बा - आमाको समेत पहिचान नभएको र अनाबश्यक लोभ लाल्चा देखाई शान्ति प्रक्रिया, राष्ट्रिय स्वाधीनताको नारा रटेर सम्पूर्ण मुलुकलाई नै भ्रमित पारेको बिरुद्द  भण्डाफोर अभियान थाल्ने छौ ।
 यस्तो कठिन् घडीमा सबै नेपाली समग्र मिलेर देशलाई प्रगती र शन्तीको मार्गमा लैजान अपील गर्दछौँ।
जय गोरखनाथ!
UNN Press Release

Last edited: 23-Sep-10 12:41 PM
Read Full Discussion Thread for this article