Posted by: Vrastadesbasi September 12, 2010
खेती गर्दै युवा नेता गगन थापा
Login in to Rate this Post:     0       ?        
काठमाडौं, भदौ २७ (नागरिक) - गगन थापाको अहिलेको चिनारी हो सभासद। उनी यतिखेर आफ्नो पहिचान राजनीतिमै सीमित नगर्ने अभियानमा छन्। उनी हरेक साता दक्षिणकालीमा रहेको कुरिलो फार्ममा पुग्छन्। महिनाको एकपटक नुवाकोटको सुनखानीमा खोलिएको बाख्राफार्ममा पनि जान समय मिलाउँछन्।



[Disallowed String for - ] type=text/javascript>


[Disallowed String for - ] type=text/javascript src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">


[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
  'इमान्दार र स्वच्छ राजनीति गर्ने हो भने कुनै न कुनै व्यवसायमा स्थापित हुनै पर्छ,' उनको मान्यता छ। अभाव, दवाव र प्रभाव रहेसम्म राजनीति स्वच्छ नहुने र त्यस्तो हुन नदिन राजनीतिमा लाग्नेहरु आर्थिक रुपमा आफ्नो खुट्टामा आफै उभिन सक्ने वातावरण हुनुपर्ने उनको बुझाइ हो।


कांग्रेसलाई महाधिवेशन मज्जाले लागेको छ। उनी पनि केन्द्रीय सदस्यका उम्मेदवार हुन्। भोट माग्न उनीकहाँ आउनेको पनि भीड छ। उनलाई पनि भोट माग्न जान भ्याइनभ्याई छ। जस्तोसुकै व्यस्तताबीच पनि उनी दक्षिणकाली र सुनखानीका फार्मसँग अपडेट भइरहन्छन्।


'ए सविन, कस्तो भइरहेको छ अहिले कुरिलो? म आउनुपर्ने अवस्था त छैन नि?' उनी हरेक दिन दक्षिणकालीमा रहेको कुरिलो फार्ममा फोन गर्छन्। उनको दिनचर्या दक्षिणकालीको कुरिलो फार्म र नुवाकोटको सुनखानीको बाख्रा फार्ममा फोन गरेपछि सुरु हुन्छ।............


http://www.nagariknews.com/economy/agriculture/18158-2010-09-12-05-53-26.html


 

Read Full Discussion Thread for this article