Posted by: Bhojpure01 September 9, 2010
लुरे नेपाल का भुरे साथी हरु
Login in to Rate this Post:     0       ?        
साथी: तलबाट माथि गन्दा हामी कतियौ स्थानमा पर्यौ त ?


अनी नि मैया साप त्यो भुटानी हावाइजहाज किनइमा के के महाभारत सुरु हुने हुन केही गान गुन सुनिएको छैन ?

होला होला ? देसले जनतालाई खुवाउन सक्ने खाध्य सामाग्री पनि उब्जाउ छोड्यो, काठमांडौ शहर लगायत अरु शहरी करणको बिकास देख्दा माओवादीलाई धन्यवाद नदिई बस्नु गलत हुन्छ।
धन्य खाडी मुलुक अनी नेपाली शहर तिमीहरुले हाम्रा जवान हरु सबै सोहोरिहाल्यौ गाउ घरमा कसैलाई सागर लैजानु परे मा जवान खोज्न अर्को गाउ जानु पर्छ ।
उत्पादकत्व घट्दो छ , माग बड्दो छ, कहाँ बाट आउछ त्यो डलर र भारु पनि ? अहिले त हाम्रा नेपाली दाजु भाई पनि निकै भ्रमण गर्ने भएछन, त्यो साइ बाबा को शहरमा जाने मात्रैले करोडौ करोडौ भारु साटिन्छ रे ?

धन्दा नमानौ , सुधार हुन्छ प्रजातन्त्र मा एस्तै हुन्छ, जादुको छडि बोकेर ल्याएको छैन, जङल बाट झरेका र झरेका जस्तैले राज्य सम्हाले पछी केको आसा ?
यो दसकमा त हैन आर्को दसकमा ठीक हुन्छ ।  कहिले काही नेपाल भारतमा बिलय हुन्छ भन्ने पनि पढियो ! कथम् कदाचित तेसो भए
हाम्रो स्थान त एका एक बड्ने भो नि ? के यो पनि हाम्रो लागि खुशीको खबर हो
त ?
Read Full Discussion Thread for this article