Posted by: Poudel Anil September 8, 2010
अब मान्छे पनि ब्याउने कि
Login in to Rate this Post:     2       ?         Liked by

गाउ भित्रका शहरहरुमा
खडेरिले पोसिने नहरहरुमा
फेरी एक बाढी आएछ
माढीमा बाढी आएछ


किसान,गरिब
सिता -सिता भातको गन्दै छन
एक ज्यान एक करोड
झुत्रे नेपालीको मुल्य "दिन दुईगुना रात चौगुना'
ठुला ठुला अक्षरमा समाचार बन्दै छन


सर्बहाराहरुको भुँडीले आकाश छेकिन थालेछ
बिटुलो कोही रहेन
लुकेर नङ्नता बेच्ने हरु
दिन-दहाडै
पसल थाप्न थालेछन


नाटकै नाटक को थुप्रोमा
प्रधानमन्त्रिको चुनाव
हाडिगाउ र राडी गाउ
फरक कहिले छुट्टीने ?
भुसिया कुकुर हरुको समाजमा
अब मान्छे पनि ब्याउने कि?

Read Full Discussion Thread for this article