Posted by: comingsoon September 7, 2010
नेपाली नारी हरुको महान चाड तीज 2010
Login in to Rate this Post:     0       ?        

Nepalese Association of Connecticut (NAConn), Connecticut , USA ले 
सेप्टेम्बर ५ तारिकमा नेपाली नारी हरुको महान चाड तीज  2010 Bollywood
Grill, Glastonbury को हल  मा धूम धामका साथ मनाएको छ ।  करिब ३  – ४  सय
जना नेपालीहरु सहभागिता रहेको सो कार्यक्रममा नेपाली महिला दिदी बैनी हरु
तीजको गीतमा धुमधाम सँग  नाचगान गरेका  थिए । NACoon का सचिब तिलक  मल्लले
कार्यक्रम पहिलो बर्ष भन्दा सफल भएको र महिला दिदी बैनिहरुको बढदो सहभागीता
ले संस्थालाई यसखाले कार्यक्रम गर्न हौसला बढेको बताउनु भयो । स्टोर्स बाट
कार्यक्रममा उपस्थित सिता कोइरालाले बिगत १० – १५ बर्ष देखि अमेरिका मा
रहे पनि तिजकार्यक्रम  पहिलो पटक मनाउन पाएकोमा निकै खुशी भएको बताउनु भयो।
वेष्ट हार्टफोर्ट बाट सहभागी आरती ज्ञवालीले  नेपालमै भएको भान भाईरहेको 
बताउनु भयो ।    कार्यक्रममा नजिकका शहर हरु न्यूयोर्क र बोस्टोन बाट पनि
नेपाली महिला हरुको उपस्थिती थियो ।....view Pictures and videos

via-sunmala.com
Read Full Discussion Thread for this article