Posted by: bhijilante September 3, 2010
माओवादी उपाध्यक्ष बाबुराम भट्टराई दुर्घटनाबाट जोगिए
Login in to Rate this Post:     0       ?        
काठमाडौं, भदौ १८- गोर्खाबाट काठमाडौं आइरहेका माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईको गाडीमाथि त्रिशूली खण्डमा एक बसले शङ्कास्पद तरिकाले ठक्कर दिएको छ। मुगलिन-गजुरी खण्डमा पर्ने चितवन दारेचोक गाविस-९ तिस्लिङमा बिहान ११ : १० मा उनी चढेको वा १ छ ७५८ नं. को गाडीमा लु १ ख ६१३९ नं. को बसले ठक्कर दिएको हो। ठक्कर दिए पनि उनी दुर्घटनाबाट जोगिएका छन्। बुटवलबाट काठमाडौं आइरहेको गाडीले भट्टराई चढेको गाडीमा शङ्कास्पद तरिकाले ठोक्काएको उनका सहयोगी विश्वदीप पाण्डेले बताए। 'हामी दुई किलोमिटर परैबाट अगाडि जान हर्न दिइरहेका थियौं तर बस ड्राइभरले साइड दिइरहेका थिएनन्', पाण्डेले नागरिकन्युजसँग भने- बल्लबल्ल बसले प्रहरीको स्कर्टिङलाई साइड दियो, त्यसको पछिपछि जाँदा असहज ढङ्गले पछाडिको भागमा गाडी ठोक्कायो। जसबाट गाडीको ढोका कुच्चिएको छ। ड्राइभर टेकमान तामाङको संयमताले भट्टराई दुर्घटनामा पर्नबाट जोगिएको पाण्डेले बताए। बस ठोक्किएपछि पाल्पा घर भएका बस ड्राइभर जीवन रानाले गाडीको रफ्तार बढाएका थिए।
Read Full Discussion Thread for this article