Posted by: syanjali August 31, 2010
look!!!!
Login in to Rate this Post:     0       ?        
 बुढो होस् वा तेरो बाजे होस् कुरा भने खाट्टी गर्‍यो है like me.

कुरो अलिक घुमाएर भन्ने बानी छुटेन, मेरो बुढो मावली ले पनि गाउमा एउटा मन्दिर बनाउने भएरे अनी मैले मन्दिरनै किन र ? स्कुल, स्वास्थ्य चौकी, आश्रम वा कुनै तेस्तै धर्मिक कार्य गरेको भए के हुन्थ्यो ? उत्तर आँफै बिचार  गरेर लिनु होला । 

हामी सस्कृतिको उदय साना साना जाति बाट एउटा ठुलो जाथ्था बन्यौ लिपिको उदय भयो अनी नयाँ भाषा सन्स्क्रित्को उदय सङै दसताको पनि सुरु भयो । यो सन्स्क्रित भाषानै बिभाजनको श्री हो । हो यो भाषा अतिनै श्रेष्ठ भाषा र ठुला ठुला ठेली हरु बेद अनी काब्य महाकब्य हरु छन ।  यिनी पछी रचित कुनै पनि कब्य हरु ले जनजातिलाई सगाल्ने भन्दा पनि बिभाजन तिर धकेदै लाग्यो अनी सन्स्रक्रितमा जे लेखिदिए पनि सर्ब साधारणले न जान्ने भए पछी एस्का ज्ञाता हरु अहिलेका मालपोत कार्यालयका कर्मचारी सरह भए, मुख खोल्न पनि भेटी चडाउनु पर्ने, ठेली खोल्ने को कुरै नगरौ। हुँदा हुँदा ब्रम्ह वाक्य नै धर्म हो अनी यो भाषाको ठेकेदारी को जिम्मा लिए यो भाषाका ज्ञाता हरुले अनी यि ज्ञाताहरु एती माथि पुगे कि यिनिहरुलाई कसैले छुनै सकेन, सकोस कसरी, साच्चै भन्ने हो भने बिग बिग छ यो ठेकेदारको हाम्रो धर्म मा मात्रै हैन अरु धर्मलाई पनि हेर्नुस । 
 
पुनर्जन्मको कुरा र दिगम्बत आत्मा सुद्दी को नयाँ अध्याय सुरु गरेर श्वास छोड्ने बेला देखी तेरौ दिन सम्म मा के के हो के के, डर पनि एती पसाले कि धर्मको नाममा र स्वर्ग जाने नाममा ब्रम्हलुट सुरु भयो, हामी पनि यो अद्रिस्य सक्ती सँग एती डरायौ कि उहिले उहिले जिउदो बच्चा नदिमा फाल्न पनि पछी नपरे झै दान त गर्नै पर्‍यो , दान के हो त ब्राम्हण को झोली भरणम । 

धर्म मेरो बिचरमा मनिषहरुले कुकर्मा तिर नलागुन र सत्कार्य गरुन भनी स्व-बिबेक बडोस र राम राज्य होस् तर एस शब्दको शोषण र दुरुपायोग हरेक धर्ममा छ किन्की सबै धर्मका ठेकेदार हरुले एस्लाई मागी खाने भाडो बनाएका छन अनी यो जुग जुगान्तर जान्छ । तेरो बाजेले भनेझै यदी मन्दिरको ठाउमा अरु किसिमले दान र पुन्ड्यको काम भएको भए सडक सडकमा मन्दिर र ढुङ्गा कुदिदैनथिए होला, 
भानुभक्तले लेखेको कबितामा त्यो घासी ले मन्दिर नबनाएर कुवा खनायो, एस्तै एस्तै कुरा भएका भए हामी आर्कै अवस्थामा हुन्थौ होला। तर त्यो तिर ध्यान जाने कसरी , हाम्रो दिमागमा दान भनेको ब्राम्हणलाई र मदिर बनाउने, भाकल गरेर बली चादाउने बाहेक के ले नै भर्यो र ।

हामी दासदा बाट मुक्ती को बाटो खोज्दै छौ अझै , यो दासदा आर्थिक र बौदिक शोषण को पारीणाम हो ? अनी यो मन्दिर पनि तेही दासदा को आर्को रुप हो . Intellectual extortion . Slaved by Intelligent group of People what ever you say it. Which is much worst than a physical and economic slavery.

मान्छे कस्तो भनेर चिन्न धेरै बेर लाग्दैन बोली बाट चिनिन्छ, अनी त छुसी को के नै कुरा गरौ छुद्र भाषा भन्दा बदी के नै आउछ र । हरेक धागोमा तेही छ .

Last edited: 02-Sep-10 09:56 PM
Read Full Discussion Thread for this article