Posted by: indramaharjan August 30, 2010
भारत लाई कहिल्यै एती कम्जोर देखिन मैले
Login in to Rate this Post:     0       ?        
भारतको कमजोरी होइन, निहुँ खोजाइ हो यो ।

नेपालको सत्ता समीकरणको रुपरेखा भारतले नचाहेको अवस्था आउन लागेको संकेत पनि हो यो ।

भारतलाई हिजोसम्म बडेभैया भन्ने तर अहिले आएर सौताको छोरा झैं भएका माओचाहरू सत्ताको निकट पुग्न लागे भन्ने बुझे नि हुन्छ।

नेपाली धोती लाएर देसी कुर्ता र गम्छा बोक्नेहरुले नि भारतको विरुद्ध फ्लोरक्रसिङ गर्न लागेका छन् है भन्ने शंका नि छ कतै कतै।

दुष्ट छिमेकीहरुले नेपाल त ग्वाम्म नखालान्, तर उसको इच्छा को विपरित सरकार आयो भने, जुन सुकै निहुँमा पनि हाम्लाई दु:ख दिन अपनाउनु पर्ने बाटाहरुको रिहर्सल चैं भयंकर गर्दैछन् ।

मेरो २ पैसो।

Read Full Discussion Thread for this article