Posted by: dalal August 30, 2010
भारत लाई कहिल्यै एती कम्जोर देखिन मैले
Login in to Rate this Post:     2       ?         Liked by
भारत जस्तो सक्तिसाली देश को कुटनीति येसरी फेल खाको ऐलेसम्म देखेको थिएन मैले . नेपाल मा भारत बिरोधि भावना येसरी बढेको रैछ कि भारत ले चल्ने हरेक कदम ऐले विवाद मा आउन थाले . ऐले भारतीय दुताबास का कर्मचारी लाई देसनिकला गर भन्ने सम्म को हिम्मत निकाल्न थाले नेपाली संसद हरुले . indian embassy लाई संसद को कठघरा मा सांसद हरुले ल्याएको यो नै पैलो पटक जस्तो लाग्छ मलाई . कान्तिपुर को newsprint कोलकाता मा रोकिदिदा नेपाल भित्र मात्र होइन european र अरु दुताबास को पनि दबाब सहनु पर्यो भारत ले . पस्स्पोर्ट छाप्ने को केस मा कसरि बदनाम भयो त्यो त हामीलाई थाहा नै छ . ऐले नेपाली प्रेस को बिरुद्ध मा एउटा प्रेस बक्तब्य के निकालेको थ्यो सबै नेपाली प्रेस छेत्र र संगठन बाट बिरोध सहनुपरेको छ ऐले . ऐले इन्डियन security agency एती डराएका छन् कि नेपाली f m ले गर्दा बोर्दर एरिया का इन्डियन मा नराम्रो impression पर्छ भनेर ऑल इंडिया रेडियो लाई आफ्नो transmission power बढाउन निर्देसन दिएको छ . इंडिया मा जसरि पाकिस्तान बिरोधि फिल्म ले दर्सक को माया पाउछ त्यसरी नै नेपाल मा पनि इंडिया बिरोधि फिल्म ले पाउन थालेको आभास हुदै छ ."दसगजा " ले charity show मा त्यति धेरै कमाउनु र dasdhunga movie लाई सब ले माया गर्नु मा इंडिया बिरोधि सेन्टिमेन्ट ले धेरै काम गरेको छ . नेता जति नै खराब भएपनि देस का बौधीक वर्ग , पत्रकार , बिद्यार्थी मा देस प्रति को माया र बिदेशी हस्तछेप बिरुद्ध आवाज उठाउने हिम्मत छ भने जस्ता ठुलो देस पनि पछि हटचन भन्ने प्रमाण हो यो .जय देस !!!
Read Full Discussion Thread for this article