Posted by: Geology Tiger August 26, 2010
तपाईँले आज सपनामा के देख्नु भो? सपनामा देखेको कुरा बिपनामा यस्तो हुन सक्छ। - गुरु केदार बरालको संकलन
Login in to Rate this Post:     2       ?         Liked by

स्यानदाइले मेरो केही जिज्ञासाहरुको उत्तर दिनुहुन्छ र मेरो सन्देश गुरु केदार बरालसम्म पुर्याइ दिनुहुनेछ भन्ने आशा गर्दछु:

१। गुरु केदार बरालले यो सबै सपनाको फलहरुको संकलन कहाँबाट गर्नु भयो? कुनै धार्मिक ग्रन्थबाट? कुनै सिद्द पुरुषको मुखारबिन्दबाट? अथवा गुरु केदार बराल स्वयंलाई दिब्य अलौकिक ज्ञान प्राप्त भएको हो? 
२। के गुरुले कहिले आफूले संकलन गर्नु भएको सपनाको फलहरु वास्तविक जीवनमा कति सफल असफल छन् भनेर कहिले सोध गर्नुभएको छ? जस्तोकी बिजुली देख्यो भने मालदार हुने फल रहेछ, तर के गुरुले अहिले सम्म आफूले भेटेका मान्छेहर मध्य कति जनाले बिजुली देखेछन् र ती मध्य क-कस्ले कस्ता माल भेटेछन् भन्ने कुरा कहिले जान्ने चेष्टा गर्नु भएको छ?

हिन्दू धर्म आँफैमा अवैज्ञानीक र रुढीबादी छैन, हाम्रो ज्योतिशशास्त्र त वास्तबमा विज्ञानमा आधारित छ। तर यसका व्यख्याताहरुले आफू खुशी यसको व्याख्या गरेकै कारणले, आफ्नो स्वार्थ हेरेकै कारणले गर्दा यस्को अस्तित्वनै खतरामा परेको छ। धर्मको उद्देस्य भनेको कसैलाई पनि नदेखिने परलोकमा सुख पाउने कामनाले यो लोकमा अरुलाई दु:ख दिन सिकाउनु होइन, बरु यही लोकमा समस्त मानवबर्गको सेवामा समर्पित हुन प्रत्येक व्यक्तिलाई अभिप्रेरित गर्नु हो।

आशा छ गुरु केदार बरालले यी सबै सत्यहरुलाई राम्ररी बुझ्नुभएको छ, गुरुलाई एउटा अनुरोध छ, यस्ता सपनाको फलहरुको गुरु नबन्नुस्, बरु एउटा सामाजिक क्रान्तिको गुरु बन्नसु, समाजलाई सही बाटो देखाउनुस्।          

Read Full Discussion Thread for this article