Posted by: evilinside August 26, 2010
ज्योतिषीको भविष्यवाणी को बन्छ त नयाँ प्रधानमन्त्री ?
Login in to Rate this Post:     0       ?        
राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालका अध्यक्ष ज्योतिष तिलकराज
पौडेलले आगामी कात्तिकसम्म मुलुकमा नयाँ प्रधानमन्त्री चयन हुन नसक्ने
भविष्यवाणी गर्नुभएको छ। बृहस्पती गृहधर्म तथा ब्राह्मणकारक भएको र
राजनीतिमा बाहुनजातिको बाहुल्यता रहेकाले प्रधानमन्त्री निर्वाचन चुनिन
नसकेको उहाँको भनाइ थियो।



काठमाडौंमा आज राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपालको बीसौं
वार्षिक कार्यक्रममा अध्यक्ष पौडेलले एकीकृत नेकपा माओवादीका अध्यक्ष
पुष्पकमल दाहाल तत्काल  प्रधानमन्त्री बन्ने योग नभएको पनि बताउनु
भयो।अध्यक्ष पौडेलले प्रधानमन्त्री माधवकुमार नेपालको ग्रह राम्रो भएकोले
राजीनामा दिएपनि भदौ महिनाभर प्रधानमन्त्री रहिरहनु हुने बताउनु
भयो।उहाँले एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईलाई अवसर दिए
प्रधानमन्त्री हुने योग रहेको दावी गर्नुभयो।साथै उहाँले राजनीतिक निकासका
लागि नेपालका राजनीतिक दलहरुले ज्योतिषीय सल्लाह अनुसार अगाडि बढ्नु
आवश्यक रहेको सल्लाह दिनुभयो। राजनीतिक निकासका लागि धार्मिक अनुष्ठान
शान्ति एकता प्रेम जागृत गर्ने खालका कार्यहरु गर्नुपर्ने पनि उहाँले
बताउनुभयो।
more
Read Full Discussion Thread for this article