Posted by: Rahuldai August 26, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        

इलाहाबाद एक्स्प्रेस
भाग ५- दिल्ली को गल्ली


रिपोर्टिङ टाइम भन्दा एक घण्टा नै ढिला भैसकेकोले  हतार गर्नै पर्‍यो। सेक्युरिटी चेक को एक्स रे अगाडि श्याम कुमार आगरबत्तीले तिमीहरुको ब्यागमा यो एके एक पोका हाल भन्दै पोका आँफै हाल्न थाल्यो । मनमा चिसो मात्र हैन ठ्ण्डा बरफ नै पस्यो । हतारमा भएकोले केही भन्न गर्न भ्याएन तर एक्स रे मा पास भएकोले त्यस्तो कुनै गैरकानूनी पोकाले धोका दिएको रहेन छ भन्दै सेक्युरिटी क्लेरियन्स गरी अध्यागमन पार गरी धावन मार्ग तिर लाग्यौं ।  बाटोमा केही बेर अडिनु पर्‍यो । ईण्डियन एअर्लाइन्स फ्लाइट आइ सी ८१४ को बोर्डिङ पनि खुल्यो ।


टर्मिनल भवनको  एउटा कौसिमा आफन्तहरु विमान चढ्न अघिको अन्तिम हात हल्लाइ को लागि पुग्नु भएको रहेछ । प्लेन सम्म हिंड्ने क्रममा कौशिबाट हल्ला आयो। दाई हुनुहुन्थ्यो, आमा पनि । हात हल्लाइ राखेका थिए भारी मन बोकेर । निस्चय नै आमा आशिष छिटो पुगोस भन्दै  हात हल्लाइ सन्देशी हावालाई गती दिराख्नु भएको थियो । अरु मित्रहरुका परिवारहरु पनि थिए। एक दुई मिनेटको त्यो द्रिश्यले  निकै भाव बिह्वल बनायो वातावरणलाई ।


पहिलो पल्ट् भिमकाय प्लेन नजिकबाट देख्दै थिएं । सुस्तरी चढ्दै थिए। अझै कौसिमा आमा हेरी रहेको थिए। प्लेन गुड्यो । तिब्रगती लियो । जमिन छोड्यो । अलिकती डराएं । डरलाई मन भित्र दफ्फन् गरें । सँगै सीट मा बसेको सुरेश सँग कुरा गर्न थालें । निस्चित उचाइमा पुगे पछी प्लेन स्थिर देखिन थाल्यो। बादल भन्दा माथि पुगिसकेकाले काठमाडौ देखिएन । खाना ल्याउन थाले । भेज वा नन भेज सोध्दै एक एक थाल दिदै  गइन आकाशकी परि।


चिकेन भात मिठै थियो । एक घण्टा २० मिनेटको यात्रा थियो । खाना खाइवरि चिया घुत्काउन पाएको थिएन अर्को १५ मिनेट मा दिल्ली को इन्दिरा गान्धी इन्टरनेशनल एअर्पोर्टमा विमान अवतरण हुने र तब सम्मको लागि सीट पेटी बाँधी राख्ने अनुरोध सन्देश आइहाल्यो। "आप कि जानकारी के लिये बाहर का तापमान ४४ डिग्री सेल्सियस । " के भनेको थियो प्लेन बित्रै पसिना आए जस्तो भयो ।
 
बिमान तल तल झर्न थाले ।  तल झर्दा जिउ सिरिङ्ग सिरिङ्ग हुने रहेछ । एअर्पोर्ट देखिन थाल्यो । हेर्दा हेर्दा धवनमार्ग छोयो प्लेन ले । पहिलो बिमान यात्रा सफल र सुरक्षित भएकोमा लामो सास लिइयो । अरुलाई के भयो मलाई मतलब हुने कुरा थिएन। न ढाँटी भन्दा डराइ डराइ प्लेन चेढेको थिएं । केही अनिष्ट होला भन्ने डरले सताएको थियो । सुरक्षित अवतरण पछी जिउ हल्का भयो।


सेक्युरिटी क्लेरियन्स काम हुंदा सम्म आराइभल टर्मिनल भित्रै भाकोले ४४ डिग्री पनि काठमाडौ कै तापमान भन्दा फरक थिएन । जब हामी टर्मिनल बाट बाहिर  निस्क्यौं , तब लाग्यो हामी आगोको भट्टिमा प्रबेश गरिरहेछौ । ३२ डिग्री भन्दा माथिको तापक्रम कस्तो हुन्छ भन्ने अनुमान कहिलेइ गर्नु परेको थिएन । आगोमा मान्छे बाच्ने मात्र हैन नाच्ने पनि रहेछ । त्यो आगोमय आवाहावामा जिन्दगी गुल्जार थियो दिल्ली को ।


हाम्रा अगुवा श्यामकुमार ले टेक्सी रोके । २ वटा टेक्सिमा बसी गाडी दिल्ली शयर गर्न निस्क्यो । कत्रो ठुलो एअर्पोर्ट , कती फराकिला बाटो घाटो । टेक्सी पुरानो दिल्ली को पहाड गन्जमा आएर रोकियो । भाउ साउ पनि श्याम कुमार ले नै गरे । एउटा होटल कम लज- मिनार होटलमा छिर्‍यौ । श्याम कुमार कै इष्ट रहेछ । मोल भाउ गर्नु परेन । साहु हरबिन्दर सिंह , बडेमानको पकडी लाउने सरदार । काम गर्ने केटाहरु भने सप्पै नेपाली कान्छाहरु , बहादुर हरु ।
"राम बहादुर , सर के सामान माथि २०३ और २०४ मा लागि देउ।"  कान्छाहरु को भन्छा मा बस्दा बस्दै सरदारजी ले अच्छा नेपाली बोल्ने भैसकेको रहेछ ।



दुइटा कोठामा बस्ने भयौं , राम बहादुर गुल्मी घर भएका मगर । खुशी नै देखिन्थे ।
"लौ म एक घण्टा मा आउछु एक जना सँग भेट्नु छ । फ्रेश भएर आउनु तिमीहरु अनि भरे भोलि के गर्ने भनेर बिचार  गरौला " श्याम कुमारले कप्टानी पारी खेल्यो ।


पसिनाले एक चरणको   स्नान भैसकेको थियो । दोस्रो चरण् गर्नै पर्‍यो । पानी मा गन्ध आउने रहेछ , क्लोरिन ज्यादा भएको ले होला। नुहाइ धुवाइ गरी शावर बाहिर निस्कने बित्तिकै फेरी पसिनाको स्नान सुरु । हैरान भो ।



१ घण्टामा आउछु भन्ने श्याम कुमार त आधा घण्टामै हाम्रो कोठामा बिराजमान । लौ अघी मैले दिएको पोका देउ त भन्न थालयो । बल्ल बुझें आधा घण्टा मै आउनुको । लौ त भन्दै सब ले निकाल्न थाले ।



"तिमीहरु डरायौ होला, के के न हाल्न लगायो यो श्यामे ले भनेर । केही थिएन २ वटा हारा जिन्स र २ जोर नाइके जुत्ता को पोको हो त्यो ।"


 
"मेरो त बिजिनेश नै यही हो । इधरका माल उधर , उधर का माल इधर ।" ङिन्च्च दाँत  देखायो , बज्याले । माडेलाई माथ् गर्ने अगार्बत्ती रहेछ त्यो त  ।


"पहिला भोली दिल्ली टूर को टिकेट लिने , अनी खाना खान जाने, ९-१२ को फिलिम हेर्ने । सिनेमा हलमा चिसो हुन्छ यहाँ भन्दा । आज राती तिमीहरु सँगै सुत्छु , भोली बिहान तिमीहरु टूर मा गए पछी म आफ्नै काम मा लाग्छु "  उसले आफ्नो आइटिनरी सुनायो ।



हामीले मान्नै पर्‍यो । केही थाहा भएको भए पो । हस भन्दै हामी सप्पै लाग्यौ, श्याम कुमार को पछी पछी । भात खाइ , फिल्म पनि हर्ने गैयो । सडक छाप - जेकी श्राफ को ।



गर्मी ले सुत्न गाह्रो भयो नै। कूलर को चिसोले धान्न नसक्ने रात को राप ।


दुई दिन दिल्ली घुमियो, श्याम कुमार त्यस पछी बेपत्ता । सरदारजी सँगै सल्लाह गरी एअर्पोर्ट जाने टेक्सी मिलायौ । राम बहादुर ले नै भाउ मिलायो । राम बहादुर ले २० रुपैया बक्सिस पायो । इलाहाबाद फ्लाइट को लागि एअर्पोर्ट पुग्यौं, नयाँ दिल्ली डोमेस्टिक टर्मिनल मा।
समय मै पुगेका थियौं । फ्लाइट ढिला रहेछ, १ घण्टा । कुर्सिमा समयको गती नाप्दै थियौं ।


एक जना बडेमान को भुंडी ढल्काएर एक जना दरोगा साहेप् आउनु भयो । "लखनौ वाले फ्लाइट का है क्या"  भन्दै । "फ्लाइट डिले है , आप के लिए लन्च कि ब्यबस्था है"  भन्दै बाटो देखाउन थाले । भलादमी मान्छे त्यो पनि पुलिस मा देखेर छक्क पर्‍यौ र लन्च को मज्ज लिन गयौं ।


निर्धारित समय भन्दा डेढ घण्टा पछी जहाज लखनौ को लागि उड्यो । मेरो सँगै बसेको यात्रिलाई खुल्दुली लागे छ र सोधी हाले  " व्हेर आर यू फ्रम एन्ड  व्हेर आर यू गोइङ ? "


क्रमश:      
   

Read Full Discussion Thread for this article