Posted by: Madness August 23, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        

खाना भौगोलीक अवश्था अनुसार बेग्ला बेग्लै हुन्छ कि भाषा/जाती अनुसार? के एकै किसिमको खानालाई विभिन्न भाषामा बिभिन्न नाम दिइएको हुँदैन? कुनै ठाऊँको भौगोलीक अवश्थाले जे जस्तो खाध्य वस्तु र जनावर उत्पादन गर्छ त्यस्तै त्यस्तै खानाको ईभोलुसन हुँदै आएको हैन र?  खानाको विवीधता तराईमा धेरै छ र खानाको परीकार काठमाण्डौमा धेरै छ भन्दा कसो होला? नेपालको पहाडी तथा हिमाली क्षेत्रहरुमा तुलनात्मक रुपमा उत्पादन नै धेरै कम हुने भएकोले खानाको विवीधता मात्र हैन परिकारै पनि काठमाण्डौ र तराईतिर भन्दा धेरै कम हुन्छ भन्नु सत्य होला?  भात उमालेर त्यसमा कागती निचोरेर 'कागते-भात' भन्ने परीकार ईट्रोड्युस गरेर त्यसलाई नेपाली खाना भन्न पाइन्छ? पाइँदैन भने भात र पुलाउ किन भिन्ना भिन्नै परिकार? तपाईँले एउटा रेसिपी बनाऊनुभयो र त्यो धेरैले मन पराए भने त्यसलाई नेपाली खानामा गाभ्ने नि नगाभ्ने? गाभ्ने हो भने किन गाभ्ने र नगाभ्ने हो भने के नेपालीहरुले खाँदै आएको सबै खानाहरु शताब्दियौँ देखि थिए त?  नेपालमा जिरा खेति हुन थालेको कति भयो? आजभोलि हुन्छ कि हुँदैन? जिरा हालेको खाना अथेन्टीक नेपाली खाना हो?   जस्ता प्रश्नहरु मनमा उबजँदा भया!

Read Full Discussion Thread for this article