Posted by: chanaa_tarkaari August 23, 2010
1000 Nepali Foods - Lets make it
Login in to Rate this Post:     0       ?        
नेपालभित्रका सबै जनता नेपाली होइन र? नेपालभित्रका सबै खानेकुरा नेपाली होइन र? नेपाली हो कि नेवारी खाना भन्ने प्रश्न नै गलत छ - यो  प्रश्नले नेवारी खाना र नेपाली खाना mutually exclusive हो भन्ने मान्छ यानेकि चेलीको बिचारमा नेवारी खाना भनेको गैर नेपाली खाना हो भन्ने ठाउ दिन्छ | त्यसैले मैले प्रस्टीकरण दिनै पर्छ | 

मैले शिर्षकमा १००० नेपाली खानको लिस्ट बनाउने लक्ष्य राखेको छु | म "नेपाली" भन्ने inclusive word हो यसले "नेवारी" खाना पनि समेट्छ भन्ने सोच्दछु | "All alkalies are bases but all bases are not alkalies" भन्ने सोचाई भित्र एउटा गम्भीर खोट लुकेको छ |  bases लाइ "नेपाली" र  alkalies लाई "नेवारी" मानेर हेर्दा ठिकै हो तर bases भनाउदो "नेपाली" शब्दमा एक वर्ग वा समुदायको एकाधिकार जस्तै छ | हामीलाई त्यस्तै पढाइयो र त्यसैले यो एकाधिकारको कुरो कतिपयलाई पच्दैन | खरो शब्दमा  भन्ने हो भने "बाहुन क्षत्री"ले अंगालेको खाना, भाषा, संस्कार, संस्कृतिलाइ मात्रै "नेपाली" मान्ने, अरुलाई "नेपाली" नमान्ने सोच विकास हुने गरि brainwash गरियो - यो नै मुख्य खोट हो | जस्तो कि "धिमे"लाइ नेवारी बाजा रे, "मादल"लाइ नेपाली बाजा रे | "भात" नेपाली खाना रे "चिउरा" नेवारी खाना रे | "खसीको मासु" नेपाली खाना रे "छोएला" नेवारी खाना रे | "बाहुन क्षत्री"ले पाइला नटेक्ने भए नेपालको मन्दिरलाई पनि "नेवारी" मन्दिर भन्थ्यो होला शायद | "बाहुन क्षत्री"ले पाइला नटेक्ने  घ्यांग लाई अझै पनि  नेपाली घ्यांग नभनी तामांगको घ्यांग भन्ने गरेको उदाहरण छ दै छ | त्यसैले कुरो के भने देखिन् "बाहुन क्षत्री" ले आफुलाई  a kind of alkaly नठानी  bases ठान्ने हो भने यो कन्फुजन सधैं रहिरहने छ | जब कि "बाहुन क्षत्री" वास्तवमा a kind of alkaly among many alkalies न हो उनीहरुले नेवार लगायत अन्य कुनै पनि गैर "बाहुन क्षत्री" संस्कार समेट्न सक्दैन भन्ने कुरा सबैलाई थाहा छ |

जन्मजात नेवार भएको नाताले मैले नेवार संस्कार सिकें सभ्यता सिकें खाना सिकें त्यसैले मैले जानेको नेपाली खानाको लिस्टमा निस्चय पनि नेवारी खाना हुनु स्वाभाविक छ | तर नेपाली खानाको लिस्टमा नेवारी, बाहुनी, क्षत्री, तामंगी, मगरी, थरुई, लिम्बुई, थकाली, भोजपुरी, अबधि सबै सबै खाना हरु हुनु पर्दछ |  मैले नेवारले खाने गरेका  मासुको परिकार बाट शुरु गरे, त्यसपछि सागसब्जी मा गए | सकेसम्म परम्परागत खानाका परिकारहरु नछुटाउने मेरो उद्देश्य हो | जानकारीमा भएका अन्य पनि थप्दै जाने हो, जस्तै तपाइले दिनु भएको परिकारहरु पनि यो लिस्टमा आउनु जरुरि छ , कृपया थप्दै जानु होला | यहाँ नेवारी खाना होइन नेपाली खाना को लिस्ट बनाउने उद्देश्य हो |

Read Full Discussion Thread for this article