मित्र फादर इन्ल!
पहिलो कुरा तपाईंले यहाँ अनावश्यक रुपमा जातको कुरा उठाउनु भयो, मुख्य कुरा त तपाईंको हुनेवाला ज्वाँईले दाईजो माग्यो दिने कि नदिने भन्ने हो? यहाँ जातले कुनै अर्थ रख्दैन; नेपालमा यो दाईजो माग्ने र दाईजो दिने काम हरेक जातिमा छ र हरेक जातका सचेत नवयुवाहरुले यसको बिरुद्दमा वकालत गर्दै आएका पनि छन्।
दोश्रो चाँही तपाईंले छोरी बिहे गरी दिदाँ केटाको चरित्र नहेरी ग्रीन कार्डमात्र हेरेर छोरी दिनु भए जस्तो लाग्यो। हुन त मान्छेको चरित्र दुईचार दिनमा बुझ्न सकिने कुरा होइन। तर पनि तपाईंलाई ग्रीन कार्डले हतार गरायो जस्तो लाग्यो।
जव तपाईंले छोरी नै दिएर पठाइसक्नु भयो तपाईंका विकल्पहरु सार्हैनै सिमित छन्। त्यसकारण तपाईंले मेरो ज्वाँईले यस्तो भन्यो उसको चरित्रको बारेमा के भन्ने होला भनेर हल्ला गर्दै हिंड्नु बेकार हुन्छ। तर पनि तपाईंको कुरा सुन्दा लाग्छ तपाईंको ज्वाँईको सोचाइस्तर पक्का पनि निम्न छ। कि त तिनिले पढेका छैनन् कि त तिनी पढेका बज्रस्वाँठ हुन्, पढ्योलेख्यो भन्दैमा अथवा अमेरिका आयो भन्दैमा हुन्छ र? गिदिमा गुदि नभए पछी के लाग्यो र?
तपाईंलाई के लाग्छ दाईजो लिनेदिने प्रचलन कायम राख्नु ठीक हो? यदी तपाईं यो कुराको बिरोध गर्नुहुन्छ र यो हाम्रो समाजमा रहेको विकृति हो भन्ने मान्नु हुन्छ भने तपाईंले पनि यसमा आफ्नो योगदान दिनुपर्छ, तपाईंले आँफैबाट यसको सुरुवात गर्नुपर्छ; त्यसकारण ज्वाँईलाई सम्झाउनुस्, फकाउनुस्, अलिकति थर्काउनुस्। होइन यदी तपाईंको ज्वाँई मान्दै नमान्ने घामड छन्, तपाईंहरु उसको बिरुद्द केही गर्नु सक्नुहुन्न, अनि तपाईंकी छोरीले पनि ज्वाँईलाई छोड्न सक्दिन भने चुपो लागेर ज्वाँईले जे जे भन्छन् त्यही मान्नुस्, साझा अथवा अन्त कतै गएर मेरो ज्वाँईले यसो गर्यो र उसो गर्यो भनेर राग अलापेर नहिंड्नुस्, ज्वाँईले थाहा पायो भने झनै नराम्रो होला। तर तपाईंको ज्वाँई सधैं यस्तै यस्तै काम गर्छ, तपाईंको छोरीलाई पनि सधैं सताउँछ भने त्यस्तो ज्वाँईलाई लात हानुस्, छोरीलाई त्यस्तो फटाहाको चुंगुलबाट मुक्त गर्नुस्।