Posted by: saaaj August 21, 2010
सुझाव चाहियो
Login in to Rate this Post:     0       ?        
मेरो एक मित्रको परीवार बिग्रने क्रममा छ भन्ने मलाइ एकदमै लागेको छ । उनको परीवारमा श्रीमति, हाइस्कुल सिनियर छोरी र युनिभर्सिटि (अन्डरग्राड) पढ्दै गरेका छोरा छन । फेसबुकको माध्यमबाट मलाइ यो थाहा लाग्यो कि उनका छोरा र छोरी दुवै खराव संगत र गलत क्रियाकलापमा चुर्लुम्म डुबेका छन । अमेरिकी समाजले कसरी पचाउला थाहा छैन, तर मेरो नेपाली मानसिकताले ती फेसबुकमा आदानप्रदान गरिएका वाक्यपिच्छे "फक" शब्दहरु तथा यौन उत्तेजक फोटोहरुलाइ असामान्य बदचलन मानेको छ । कतिपय फोटोहरुमा  असामान्य यौन  भङ्गीमा प्रदर्शन समेत गरेको छ । ती फोटाहरु यति डरलाग्दा छन कि,  परिवार, र अझ खासगरी आमावुवाले आफ्ना सन्तान र तिनका साथिहरुको त्यस्ता फोटोहरुलाइ सहज लिन सक्दै सक्दैन ।

अब म असाध्यै दुविधामा परेको छु, मैले यसबारे साथिलाइ जानकारी गराउँदा उचित होला या नहोला? कि यो अमेरीका हो ठिकै छ, तिनीहरु वयस्क भैसके, जे सुकै गरोस भनेर आँखा चिम्लिदिने पो हो कि? मेरो साथी आफ्ना सन्तानका यी हरकतहरुसित परिचीत भए जस्तो लाग्दैन । म आफैले साथीका छोराछोरीलाइ सम्झाउने वा प्रत्यक्ष कुराकानी गर्ने अवस्था पनि छैन । साथीलाइ थाहा दिँदा के भन्ने हो खोइ?  तर अर्को मनले भन्छ, न साथी आफै नै छोराछोरीहरु अमेरीकि सन्तान जस्तै फर्वार्ड भएमा खुशी मान्ने खालका पो छन कि? त्यसो हो भने, मैले केहि भन्नु आफ्नै लागि घातक हुनेछ । साथीकि श्रीमति (भाउजु) धार्मिक स्वभावको भएको हुँदा उनी सन्तानको यस्तो हर्कत देखेर नराम्ररी विचलीत हुने डर पनि छ, लाग्छ भाउजुले मानसिक सन्तुलन गुमाउने डर छ ।

यस्तो अवस्थामा के गर्दा उचीत होला, कृपया कामलाग्ने सुझावहरु दिनु होला ।
Last edited: 23-Aug-10 10:37 AM
Read Full Discussion Thread for this article