Posted by: pire August 21, 2010
शिरको स्वामी स्वर्ग हुँदा घर बस्नेलाई थाछैन
Login in to Rate this Post:     0       ?        
सिर्जना, मैले लेख्न खोजेको नै पढेको लाहुरेहरुलाई लक्षित गरेर पनि हो। अमेरिकामा रक्सि बेच्ने ठाउँ, ग्यास स्टेशन हरु मा हुने म्रित्युदर् धेरै माथि छ। कतिपय मेरा गाउँले भाईहरुलाई "  तिमिहरु तेत्तिकै अमेरिका भनेर नहिड, पहिला यहाँ मन लगाएर पढ, सफल बन "  भन्दा ति आफु गयो, अरु लाई नजा भन्छ भन्छन। ति आफै लोकल कलेजमा गुण्डागर्दि गर्छन्, कलेज बन्द गराउँछन र हामी सँग भने यो देशमा यस्तै हो , पढाइ हुदैन भनेर पढ्न विदेश जानु पर्छ भनेर कुरो गर्छन्। ति मध्य कति यहाँको कुनाको कलेजमा आएर    " दाई यसो सहयोग गर्नु पर्‍यो, यो झुर ठाउँ रहेछ  "  भन्छन। त्यसको दुइ चार् महिना पछि अलि ठुलो शहर तिर ट्रान्स्फर गरेँ भन्छन। त्यसपछि दुख गरेर तुरुन्त मेरो पैसा पनि तिर्छन, अनि     भाई राम्रो जिपिए मेन्टेन गर्‍या'छौ? भनेर सोध्यो भने खिसिक्क हाँसेर 'काँ दाई, पढ्ने त समयै छैन' भन्छन्।मेरो छिमेकका केटाहरु मध्य आठ जनाको यस्तो कथा छ। ति मध्य  एउटा भाइले दाइ अस्ति ग्यास स्टेशनमा मर्ने त मेरो साथी हो नि, हाम्रो नजिकैको गाउँको भन्यो। तेहि बेला यो गित सम्झे।

Read Full Discussion Thread for this article