जीवन भनेको नै बाध्यता र रहरहरुको सम्मिष्रण हो, हामी धेरै रहरहरु गर्छौ तर धेरै जसो रहरहरुलाई बाध्यताले कुल्चिदिन्छ; लाहुरे हुनु पनि एक बाध्यता, तर कसै कसैको रहर पनि होला; पढेलेखेको लाहुरे हुनु अर्को बाध्यता, रहर गर्नेहरु पनि थुप्रै होलान्;
तर एउटी आमाको आँखाबाट हेर्ने हो भने लडाँई लड्ने लाहुरेले भन्दा बिदेशमा पढ्ने लाहुरेले धेरै आशा देखाउँछ तर पुरा गर्दैन, केही पुरा गर्ने पनि होलान्, तर धेरैले पुरा गर्दैनन्। एउटा लाहुरे लडाईंमा जाँदा उसको आमालाई पनि थाहा हुन्छ कि छोरो रणभूमीमा जादैँछ, त्यसैले फर्केर नाआउन पनि सक्छ, तर एउटा सन्तानलाई बिदेश पढ्न पठाउँदा आमाले कहिले सोचेकी हुदिँनन् कि त्यो सन्तान बिदेशमै भासिन्छ भनेर।
युद्दमा गएको लाहुरे कि मर्छ कि घर फर्किन्छ, उसको आमाले जीवन पर्यन्त आशामा बाँच्नु पर्दैन तर बिदेशमा पढ्न गएका लाहुरेले आफ्नो आमालाई सधैं आशा देखाइ रहन्छ, कहिले पूरा नहुने आशा......तर त्यो पढ्ने भनाउँदो लाहुरे कहिले घर फर्कदैन...