Posted by: Geology Tiger August 20, 2010
शिरको स्वामी स्वर्ग हुँदा घर बस्नेलाई थाछैन
Login in to Rate this Post:     1       ?         Liked by

 


म यो गीत सुनेर रुन्थे होइन अझै पनि रुन्छु,


गीतले एउटा लाहुरेको जीवनी त बोल्छ नै तर मलाई सब भन्दा छोएको कुरा भनेको गीतमा वर्णित आमाको आफ्नो सन्तानप्रतिको माया हो 'बाबा रुन्छन् लौ बर्षै दिन आमा जुगै भरी लौ हजुर', जब जब म यो गीत सुन्छु, मलाई मेरो आमाको अनुहार याद आउँछ, मेरो लागि बुवाआमाले गरेको संघर्षको याद आउँछ, आमाको मायामा घरमा बिताएका दिनहरुको याद आउँछ, आँखामा बल बल आसुँ रसाएर आउँछ।


हामी आफु मात्रै सबै जान्ने भन्ठान्छौ, अमेरिका आएर, ठुल-ठुलो डिग्री बोकेर ठुलो मान्छे भयौ भन्ठान्छौ, तर मानवीय मन हुनको लागि धेरै पढ्नु पर्दैन, अमेरिका आउनु पनि पर्दैन। 


 

Read Full Discussion Thread for this article